ललितपुर । नेपाल कृषि सहकारी केन्द्रीय संघले लकडाउनको समयमा कृषि उत्पादनहरुको समस्या हुन नुहने बताएको छ । संघले काठमाण्डौका चोक चोकमा घुम्ती तरकारी बजारको सुरुवात गरेको छ ।
कोरोना भाइसको संक्रमणको सम्भावित जोखिमलाई न्यूनिकरण गर्दै बजारमा देखिएको तरकारी अभाव र आकासिँदो मूल्यलाई मध्यनजर गर्दै संघले मंगलवारदेखी काठमाण्डौका विभिन्न चोकमा घुम्ती बजारको सुरुवात गरेको हो । देशका विभिन्न जिल्लाका सदस्य किसानहरुले उत्पादन गरेको कृषि जन्य सामग्री खेर जाने अवस्था नओस भन्ने सोचका साथ आफुहरुले घुम्ती तरकारी बजारको सुरुवात गरेको संघका अध्यक्ष खेमबहादुर पाठकले जानकारी दिए ।
संघले पहल गरेपनि विक्रिलागि उपयुक्त वातावरण नभएको संघका अध्यक्ष पाठकले बताए । उनले सरकारलाई किसानहरुको आवज सुन्न आग्रह समेत गरे । एनले सरकारसमक्ष पटक पटक किसानको आफ्नै बजारका लागि आव्हान र अपिल गर्दा पनि किसानको आफ्नै बजारको व्यवस्थापन गर्न नसिकिएको भन्दै अभावको समयमा किसानको बजारको व्यवस्था गर्न माग गरेका छन् ।
उनले कोरोनाबाट बच्न आवश्यक पर्ने सम्पूर्ण सुरक्षाका उपायहरु अपनाउँदै आफुहरु किसानको बारीको तरकारी बजारमा पुर्याउन तयार रहेकोले सरकारले यसको वातावरण मिलाउनुपर्ने बताए । अध्यक्ष पाठकले किसानको पोको मार्फत उपभोक्ताहरुलाई सस्तो, राम्रो र ताजा तरकारी विक्रिवितरण भइरहेको बताए । बजार मूल्य भन्दा धेरै सस्तोमा आफुहरुले तरकारीजन्य उत्पादन विक्रिवितरणको व्यवस्था मिलाएको उनको भनाइ छ ।
Leave a comment