हाइलाइट

राहत रकमले बढायो विवाद

राहत रकमले बढायो विवाद :: Sahakari Akhabar

महासंघका अध्यक्ष मीनराज कँडेल मन्त्रीकै सक्रियतामा कार्यक्रम अघि बढेकाले प्रक्रिया पुर्याएको भन्छन् । “मन्त्रीज्यूकै प्रस्तावमा केन्द्र स्थापनाको काम अघि बढकोले आवश्यक प्रक्रिया पूरा गरिएको होला,” उनले भने, “म काठमाडौंबाहिर भएकाले यसबारे पूर्ण जानकारी छैन ।” तर, आइतबार सहयोग आह्वान गरिएको पत्रमा भने अध्यक्ष कँडेलकै हस्ताक्षर छ ।

 

कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि राष्ट्रिय सहकारी महासंघले सुरु गरेको सहयोग संकलन तथा कार्यक्रम विवादमा परेको छ । सरकारले राहत कोष स्थापना र खर्च एकद्वारा प्रणालीबाट गर्ने भनेपनि महासंघले सहकारी संस्थाहरूबाट सहयोग संकलन गरी आफै खर्च गर्न थालेको छ ।

महासंघले नेपाल हेल्थ केयर को–अपरेटिभद्धारा संचालित मनमोहन मेमोरियल अस्पतालमा कोरोना नियन्त्रण सहकारी केन्द्र स्थापना गरी त्यसलाई संचालनका लागि भन्दै संस्थाहरूबाट सहयोग उठाउन थालेको छ । सहकारीको सहयोग सरकारको नीतिविपरीत खर्च गर्न थालेपछि सहकारीकर्मीले विरोध गर्न थालेका छन् ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ ९नेफ्स्कून० का अध्यक्ष परितोष पौड्याल विधि प्रक्रिया पूरा नगरी सहकारीबाट सहयोग उठाएर खर्च गर्न गलत हुने बताउँछन् । “सहकारी आफैंले कोरोना नियन्त्रण सेन्टर चलाउनु राम्रो हो,” उनले भने, “तर, यसका लागि आवश्यक नीतिगत प्रक्रिया भने पूरा गर्नुपर्छ ।” मनमोहन अस्पतालको कोरोना केन्द्रलाई अहिलेसम्म सरकारले पहिचाहन नगरेको अवस्थामा यसैका लागि सहकारीबाट सहयोग उठाउनु गलत हुने उनको भनाइ छ ।

राष्ट्रिय सहकारी विकास बोर्डकी सञ्चालक इन्दिरा पन्त सहकारी क्षेत्रबाट सहयोग उठाएर आफैं खर्च गर्न गलत भएको बताउँछिन् । “सरकारले सहयोग दुरूपयोग नहोस् र पारदर्शीता कायम होस् भनेर एकद्वार नीति बनाएको हो, सहकारी अस्पतालमा कोरोना नियन्त्रण केन्द्र चलाउने हो भने सरकारबाट नै सहयोग लिनुपर्छ,” उनले भनिन् ।

हालसम्म सेन्टरका लागि २५ लाख रुपैयाँ सहयोग हस्तान्तरण भइसकेको छ । उक्त रकममध्ये महासंघले १५ लाख, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ ९नेफ्स्कून० ले ५ लाख र कृषि सहकारी केन्द्रीय संघले ५ लाख रूपैयाँ सहयोग गरेका छन् । नेफ्स्कुनका अध्यक्ष पौड्याल महासंघको कोषमा सहयोग गरिएको र उक्त रकम कहाँ खर्च भयो भन्नेबारेमा आफूलाई जानकारी नभएको बताए ।

मन्त्री अर्यालले सहकारीकै सहयोग रकमबाट खरिद गरिएको स्वास्थ्य सामग्री अस्पताललाई हस्तान्तरण भइसकेको छ । हालसम्म उक्त केन्द्रले गरेको उपचारबारे महासंघ वा अस्पतालले प्रगति विवरण सार्वजनिक गरेको छैन । तर, मन्त्रीको निर्देशनमा सहकारीबाट डेढ अर्ब रुपैयाँ उठाएर अस्पतालमा एउटा भेन्टिलिसनसहित कोरानाका विरामीलाई उपचार गर्ने अत्यावश्यक सामाग्री खरिद गर्ने योजना अघि बढेको छ ।

सहयोग परिचालनको विषय विवाद भएपछि सोमबार महासंघले केन्द्र सञ्चालन वा सरकारको राहत कोषका लागि सहयोग गर्न सक्नेगरी आह्वान गरेको छ । आह्वानमा सहकारी संस्थाहरूले सरकारको राहत कोष वा सहकारीले संचालन गरेको केन्द्रका लागि भन्ने प्रयोजन खुलाएर सहयोग जम्मा गर्न आग्रह गरेको छ ।

महासंघले केन्द्र सञ्चालनका लागि सक्रियता देखाए पनि यसबारेमा संचालक समितिले कुनै निर्णय गरेको छैन । सञ्चालक समितिको निर्णयबिना नै महासंघले १५ लाख सहयोग गरिसकेको छ भने संस्थाहरूलाई आह्वान गरिसकेको छ । महासंघका सञ्चालकहरूको च्याट गु्रपमा भएको छलफलमा समेत केही सञ्चालकहरूले सहयोग संकलन गरी आफै खर्च गर्ने विषयमा प्रश्न उठाएका थिए । तर मन्त्रीको दबाबका कारण सञ्चालक समितिबाट निर्णय नगरी कार्यक्रम अघि बढाइएको एक सञ्चालकले जानकारी दिए ।

सहकारीको कोरोना नियन्त्रण केन्द्र स्थापनाका गर्न भूमव्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा कुमारी अर्याले नै अग्रसरता लिएकी  थिइन् । मन्त्रीको अध्यक्षतामा सहकारी दिवसको अघिल्लो दिन चैत १९ गते बसेको बैठकले केन्द्र संचालन गर्ने निर्णय गर्दै व्यवस्थापन समिति बनाएको थियो ।

महासंघकी उपाध्यक्ष ओमदेवी मल्ल संयोजक रहेको समितिका राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेती, कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेमबहादुर पाठक, दुग्ध सहकारी केन्द्रीय संघका अध्यक्ष नारायण देवकोटा, नेपाल बहुउद्देश्यीय केन्द्रीय संघका अध्यक्ष सुरेन्द्र भण्डारी, नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालका साथै जिल्ला संघ ललितपुरका अध्यक्ष माधव दुलाल, काठमाडौंका ज्ञानबहादुर तामाङ र भक्तपुरका केदार खड्का सदस्य राखिएको छ ।

मन्त्रिस्तरीय बैठकले व्यवस्थापन समितिको गठन गरेपनि निर्णयको जानकारी भने सहकारी विभागमार्फत गराइएको छ । समितिका सदस्यहरूलाई विभागले पत्र पढाइ आवश्यक सहयोग गर्न अनुरोध गरेको छ । यद्यपि, अहिलेसम्म समितिको बैठक समेत बस्न सकेको छैन ।

व्यवस्थापन समितिकै नाममा कार्यक्रम गरी सहकारी दिवसका दिन चैत २० गते कोरोना नियन्त्रण सहकारी केन्द्र उद्घाटन गरिसकेको छ । उक्त दिन मन्त्री अर्यालले सहकारीकै सहयोग रकमबाट खरिद गरिएको स्वास्थ्य सामग्री अस्पताललाई हस्तान्तरण भइसकेको छ । हालसम्म उक्त केन्द्रले गरेको उपचारबारे महासंघ वा अस्पतालले प्रगति विवरण सार्वजनिक गरेको छैन । तर, मन्त्रीको निर्देशनमा सहकारीबाट डेढ अर्ब रुपैयाँ उठाएर अस्पतालमा एउटा भेन्टिलिसनसहित कोरानाका विरामीलाई उपचार गर्ने अत्यावश्यक सामाग्री खरिद गर्ने योजना अघि बढेको छ ।

महासंघका अध्यक्ष मीनराज कँडेल मन्त्रीकै सक्रियतामा कार्यक्रम अघि बढेकाले प्रक्रिया पुर्याएको भन्छन् । “मन्त्रीज्यूकै प्रस्तावमा केन्द्र स्थापनाको काम अघि बढकोले आवश्यक प्रक्रिया पूरा गरिएको होला,” उनले भने, “म काठमाडौंबाहिर भएकाले यसबारे पूर्ण जानकारी छैन ।” तर, आइतबार सहयोग आह्वान गरिएको पत्रमा भने अध्यक्ष कँडेलकै हस्ताक्षर छ ।

सरकारले नीतिअनुसार महासंघले खर्च गर्न नमिले आवश्यक प्रक्रिया पूरा गर्ने उनले आश्वासन दिए । महासंघले सहकारीको सहयोग छुट्टै खर्च गर्न योजना अघि सारे पनि सहकारी संस्थाहरूले भने केन्द्रीय, प्रदेश र स्थानीय सरकारहरूले स्थापना गरेकै कोषमा सहयोग गरिरहेका छन् । करोबार दैनिकबाट



Leave a comment