हाइलाइट

चन्द्रागिरि साकोसले सदस्य तथा सरकारलाई सहयोग गर्ने 

चन्द्रागिरि साकोसले सदस्य तथा सरकारलाई सहयोग गर्ने  :: Sahakari Akhabar

काठमाडौं । थानकोटमा रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारीले सदस्यहरुका साथै सरकारलाई पनि सहयोग गर्ने भएको छ । संस्थाले ल्याएको राहत प्याकेजमा राष्ट्रिय आविश्कार केन्द्र तथा सरकारद्वारा स्थापना गरिएको कोरोना भाईरस संक्रमण, रोकथाम नियन्त्रण तथा उपचार कोषमा समेत आर्थिक सहयोग गर्ने जनाएको छ ।

संस्थाले सदस्यलाई तीन महिनाको लागि १५ हजार रुपैयाँ सम्म ब्याज नलाग्ने ऋण प्रदान गर्ने भएको जनाएको छ । त्यस्तै लकडाउनको समयमा अस्पतालमा उपचार गराईरहेका सदस्यहरुलाई उपचार खर्चको अभाव भएमा सदस्य राहत कोषको रकमबाट पछि सोधभर्ना गर्ने गरी २५ हजार सम्मको बिल संस्थाकै तर्फबाट भुक्तानी गर्ने निर्णग भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।

त्यस्तै चैत्र मसान्तसम्म बुझाउनु पर्ने ब्याज तथा किस्ताको रकम २०७७ असार मसान्तसम्म बुझाउन पाउने व्यवस्था गरिएको प्रमुख श्रेष्ठले बताए । उक्त ब्याज तथा किस्ता २०७७ असार मसान्त भन्दा अगाडि बुझाएमा ऋणमा लाग्ने सम्पूर्ण हर्जना मिनाहा गर्ने र तिरेको ब्याजमा तुरुन्तै ५ देखि १५ प्रतिशत सम्म छुट उपलब्ध गराउने निर्णय गरेको श्रेष्ठले बताए ।
 



Leave a comment