काठमाडौं । नैकापमा मुख्य कार्यालय रहेको तपाइहाम्रो बहुउद्देश्यीय सहकारीले सदस्यलाई दैनिक दुई घण्टा कार्यालय खोली सेवा दिने जनाएको छ ।
संस्थाले ०७६ साल चैत्र ३० गते देखि दैनिक विहान साँढे १० बजे देखि दिउँसो साँढे १२ बजे सम्म सेवा दिने र अन्य समयमा संस्थाले तोकेको सम्पर्क ब्यक्ती मार्फत सेवा लिन सूचना जारी गरेको छ । संस्थाले उक्त समयमा सदस्यलाई आपतकालिन अवस्थामा अति आवश्यक खाद्यान्न तथा अपभोग्य सामान खरिद र औषधी उपचार खर्च रकम अभाव भएमा सिमित बचत भुक्तानी गर्ने संस्थाले जनाएको छ ।
देश बन्दा बन्दीको अवस्थामा रहेकोले सदस्यहरुलाई पर्नसक्ने समस्यालाई मध्यनजर गरेर दिनको दुई घण्टा भएपनि सेवा दिने निणर्य गरेको संस्थाका अध्यक्ष मनोजकुमार थापाले बताए ।
Leave a comment