हाइलाइट

डिजिटल प्रविधि प्रयोग गर्न नवकान्तिपुर साकोसको अनुरोध

डिजिटल प्रविधि प्रयोग गर्न नवकान्तिपुर साकोसको अनुरोध :: Sahakari Akhabar

काठमाडौं । बत्तिसपुतलीमा रहेको नवकान्तिपुर बचत तथा ऋण सहकारीले सदस्यलाई नगद भन्दा डिजिटल प्रविधि प्रयोग गर्न अनुरोध गरेको छ ।

संस्थाले सूचना प्रकाशन गरी सदस्यलाई सेवा दिन संस्थाका कर्मचारीहरुलाई ब्यवस्थापन गरेको समेत जानकारी दिएको छ । सदस्यलाई आवश्यक पर्ने खाद्यान्न तथा औषधी, उपचार लगाएतकालागि नगद दश हजार सम्म झिक्न सक्ने व्यवस्था मिलाएको संस्थाले प्रकाशन गरेको सूचनामा भनिएको छ ।

साथै संस्थाले कर्जाको किस्ता तिर्ने म्याद जेठ १० गते सम्म थपेको छ भने निक्षेपको नविकरणका लागि सम्पर्क ब्यक्ती मार्फत कार्य गर्न सकिने जनाएको छ ।  संस्थाले सूचनामा सम्पर्क ब्यक्ती र नम्वर समेत प्रकाशन गरी सदस्यले सम्पर्क गरी सेवा लिन सकिने जनाएको छ ।



Leave a comment