काठमाडौं । बुढानीलकण्ठ चपलीमा रहेको समायोजन बचत तथा ऋण सहकारी संस्थाले प्रकोप व्यवस्थापन कोषमा २५ हजार सहयोग गरेको छ । संस्थाले बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्ववप्रसाद खरेललाई चेक हस्तान्तरण गरेको हो ।
विश्व कोरोना भाइरसको संक्रमणले थलिरहेको र नेपालमा समेत पूर्ण लकडाउनको अवस्थामा रहेको हुँदा दैनिक ज्याला मजदुरी गर्ने, कोठा भाडामा वस्ने लगाएतका विपन्न वर्गलाई राहत पुगोस् भन्ने उदेश्यले स्थापना भएको विपत व्यवस्थापन कोषमा उक्त रकम सहयोग गरेको जनाएको छ ।
Leave a comment