थुप्रै किसानले उत्पादन गरेको च्याउ, गोलभेँडा, सीमी र हरियो खुर्सानी लगायतका तरकारी लक डाउनको कारण कुहिने भएपछी उनले अहिले ५ केजीको तरकारी प्याक गर्दै उपभोक्ताकोमा पुर्याेउन थालेको ‘आज १० दिन भयो ।’ सुरुमा ५ किलोको दरमा १०० सय घर पुर्याएको तरकारीको ग्राहक अहिले बढेर २ सय पुगेका छन् ।
भक्तपुर । विश्व, कारोना भाइरसको चपेटामा रहेको छ । यसको संक्रमणबाट बच्न र बचाउन हरेक मूलुकले लकडाउन गरेको अवस्था छ । हाम्रो मूलुक पनि कोरोना भाइरसको सन्त्रासमा लकडाउनको अवस्था खेपिरहेको छ । एकातिर उत्पादकहरुले आफ्नो उत्पादन बजारमा पुयाउन पाएका छैनन् भने उपभोक्ताले उत्पादित बस्तुको उपभोग गर्न पाएका छैनन् ।
यस्तै पिडामा रहेको भक्तपुरका किसानको उत्पादन खेर जान नदिन र उपभोक्तालाई सहज रुपमा तरकारी पुर्याउन अहिले जिल्ला कृषि सहकारी संघ सकृय रुपमा लागीपरेको छ । संघले सीपाडोलमा उत्पादन भएका तरकारीलाई उपभोक्ताको घर घरमा पुर्याडउने काम गरीरहेको छ । यो ‘होम डेलिभरी’को काम गर्ने १० जनाको समूह छ, उनीहरुलाई नेतृत्व गरिरहेका छन् जिल्ला कृषि सहकारी संघ भक्तपुरका अध्यक्ष शनिस लागेजुले ।
तरकारी टोल–टोलमा पुर्याउने कामको नेतृत्व गरेको जिल्ला कृषि सहकारी संघका अध्यक्ष शनिस लागेजुले संकटलाई अवसरको रुपमा लिएर काम गर्नुपर्ने निष्कर्षका साथ उपभोक्ताको हात–हातमा तरकारी पुर्याउने काममा जुटेको बताए । उनले भने ‘किसानले उत्पादन गरेका तरकारीलाई बजार पुयाउन कुनै व्यवसायीलाई भन्नुपर्ने अवस्था छैन ।
हामीले पनि गर्न सक्छौं भन्ने हाम्रो निष्कर्ष हो ।’ हामी सहकारी मार्फत उत्पादन प्रसोधन र बजारीकरणमा काम गर्न खोजि रहेका छौ त्यसका लागि राष्ट्रिय सहकारी महासंघ ,राष्ट्रिय सहकारी बेंक, केन्द्रीय कृषि सहकारी संघ, सहकारी बिभाग, जिल्ला प्रसासन कार्यालय र स्थानीय पलिकाहरु सग समन्वय गरिरहेका छौ ।
उनले भने अहिले हामी च्याउ बोडि, सीमी, प्याँज, कागती, गाजर, आलु, धनिया, मुला, मटरकोसा, अण्डा, हरियो खुर्सानी, र गोलभेडा लगायत तरकारी वडा वडामा पुर्याई रहेका छौ । साथै आगामी दिनमा उपभोक्ता को माग बमोजिमका सामग्री घर घर पुर्याउने योजना मा छौ । कोरोनाको संक्रमण फैलन नदिन सरकारले लक डाउन गरेको तेस्रो दिन, अर्थात चैतको १४ गते देखि उनीहरुले भक्तपुरको सीपाडोलका किसानले उत्पादन गरेको तरकारी घर घर लगेर बेच्न थालेका हुन् ।
थुप्रै किसानले उत्पादन गरेको च्याउ, गोलभेँडा, सीमी र हरियो खुर्सानी लगायतका तरकारी लक डाउनको कारण कुहिने भएपछी उनले अहिले ५ केजीको तरकारी प्याक गर्दै उपभोक्ताकोमा पुर्याेउन थालेको ‘आज १० दिन भयो ।’ सुरुमा ५ किलोको दरमा १०० सय घर पुर्याएको तरकारीको ग्राहक अहिले बढेर २ सय पुगेका छन् ।
हामीहरु विहान २ बजेदेखि तरकारी कलेक्सन गर्छौ’, लागेजुले भने, त्यो प्याक गरिएको तरकारीलाई विहान ८ बजेसम्म ‘अर्डर’ आएको ठाउँमा लग्ने गरेका छौं ।’ तरकारीलाई बजारमा लगेर विक्री गरी किसानको श्रम खेर जान नदिन दिनरात खटिएको उनी दावी गर्छन । यतिबेला सिपाडोलको उक्त स्थानमा ३२ वटा छाप्रोमा च्याउ उत्पादन भइरहेको छ र तरकारीको प्याकेजिङ त्यही एउटा छाप्रोमा हुन्छ । भक्तपुरका किसानको फर्ममा दैनिक ३ सय किलो च्याउ उत्पादन हुन्छ । कहिलेकाही ७ सय किलो पुग्छ, ती सबैलाई एकैदिनमा बजार पठाएर विक्री गरिन्छ ।
Leave a comment