हाइलाइट

विपत कोषमा छाहारी साकोसको सहयोग

विपत कोषमा छाहारी साकोसको सहयोग :: Sahakari Akhabar

भक्तपुर । गाम्चामा रहेको छहारी वचत तथा ऋण सहकारी संस्थाले कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथाम कोषमा खाद्यान्न लगाएतको सहयोग गरेको छ ।

संस्थाले सूर्यबिनायक नगरपालिका वडा स्तरीय विपद व्यवस्थापन कोषमा चामल १ हजार केजी, दाल १ सय केजी, चिउरा १ सय केजी, नुन ५० केजी र तेल ६० लिटर सहयोग गरेको हो । संस्थाका अध्यक्ष कृष्णहरि खड्काले सूर्यविनायक नगरपालिका वडा न ४ का वडा अध्यक्ष उत्तम थापालाई राहत हस्तान्तरण गरेका थिए ।

कोरोना भाइरसको संक्रमणका कारण मुलुक भित्र पूर्ण लकडाउन भएकोले दैनिक ज्याला मजदुरी गर्ने, कोठा भाडामा बस्ने विपन्न वर्गलाई राहत पुगोस् भन्ने उद्धेश्यले सहयोग गरेको अध्यक्ष खड्काले बताए । 
 



Leave a comment