हाइलाइट

जेष्ट आईडियोलोजी साकोसको घरदैलो सेवा 

जेष्ट आईडियोलोजी साकोसको घरदैलो सेवा  :: Sahakari Akhabar


काठमाडौं । जेष्ट आईडियोलोजी बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुका लागि घरदैलो सेवा दिएको छ । विश्वभर कोराना भाईरसको संक्रमण र मृत्युका समाचारहरु आईरहेको तथा विभिन्न देशसँगै नेपाल सरकारले पनि चैत ११ गतेदेखि गरेको लकडाउनका कारण आफ्ना दैनिक गतिविधि गर्न समेत असहज भएको अवस्था बुझेर संस्थाले रकम आवश्यक पर्ने सदस्यहरुलाई घरमै पुगेर सेवा दिईरहेको छ ।

‘यो संक्रमणको बेला आफ्ना सदस्यहरुलाई सेवा दिनुपर्छ भनेर हामीले घरदैलो सेवा सुरु गरेका हौं’ संस्थाका कार्यकारी प्रमुख हेमबहादुर कार्कीले भने, ‘यस बीचमा हामीले करिब एक हजार सदस्यलाई फोन गरेर वहाँहरुको अवस्था र आवश्यक परे रकम घरसम्म पु¥याउन टेलिफोन संवाद गरेका छौं ।’

सहकारी विभाग तथा सहकारी महासंघले जारी गरेको सूचनाको पालना गर्दै संस्थाले सदस्यहरुको स्वास्थ्य स्थिती, पारिवारीक अवस्था, औषधी उपचारका तथा खाद्यान्नको अवस्थाको बारे जानकारी लिई सोही अनुसार प्रधान कार्यालय न्यूरोड, सेवा कार्यालयहरु मैतिदेवी र काँडाघारी काठमाडौंबाट सेवा दिईरहेको संस्थाका अध्यक्ष रामप्रसाद आचार्यले जानकारी दिए ।



Leave a comment