हाइलाइट

कोरोना उपचार कोषमा शुभलक्ष्मी साकोसको डेढलाख सहयोग

कोरोना उपचार कोषमा शुभलक्ष्मी साकोसको डेढलाख सहयोग :: Sahakari Akhabar

झापा । गौरादहमा रहेको शुभलक्ष्मी बचत तथा ऋण सहकारीले स्थानीय तह अन्तर्गत स्थापना गरिएको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम कोषमा एक लाख पचास  हजार सहयोग गरेको हो ।

संस्थाले विश्व कोरोना भाइरसको संक्रमणले थलिरहेको र नेपालमा समेत पूर्ण लकडाउनको अवस्थामा रहेको हुँदा दैनिक ज्याला मजदुरी गर्ने, कोठा भाडामा वस्ने विपन्न वर्गलाई राहत पुगोस् भन्ने उदेश्यले स्थापना भएको विपत व्यवस्थापन कार्यकालागि सहयोग गरेको हो ।

संस्थाले ६३ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा गौरादह नगरपालिकाको उक्त कोषमा ७० हजार, कमल गाउँपालिकाको कोषमा २० हजार, गौरीगञ्ज गाउँपालिकाको कोषमा २० हजार, शिवसताक्षी नगरपालिकोको कोषमा २० हजार तथा दमक नगरपालिकाको कोषमा २० हजार सहयोग गरेको संस्थाले जनाएको छ ।



Leave a comment