ललितपुर । कुमारीपाटीमा रहेको पञ्चशील बहुउदेश्यीय सहकारी संस्थाको मुख्य कार्यालय भोलि चैत्र २१ गते शुक्रबारबाट खुल्ने भएको छ ।
संस्थाको मुख्य कार्यालय भोलि विहान १० बजे देखि दिउसो १ बजे सम्म खुल्ला गरि सदस्यहरूलाई आवश्यकीय सेवा उपलब्ध गराउने संस्थाका अध्यक्ष राजु खतिवडाले जानकारी दिए ।
कोरोना सन्त्रासको घडिमा सदस्य सेवामा समर्पित रहि पूर्व सूचनामा उल्लेखित कर्मचारीहरू द्वारा सदस्यको माग र आवश्कताको आधारमा घरदैलो सेवा पनि प्रदान गरिने अध्यक्ष खतिवडाले बताए ।
Leave a comment