
- कृष्णराज जोशी
krjoshidoti@gmail.com
अहिले धेरै जसो व्यक्तीहरु विदेश तथा शहरबाट गाउँ केन्द्रित भएको अवस्थामा शहरी ईलाकामा भन्दा गाउमा झन विकराल हुन सक्ने अवस्थाबाट जोगाउन ग्रामिण सहकारीको झनै ठूलो भुमिका खेल्नुपर्ने देखिन्छ ।
विश्व अहिले कोभिड १९ को अत्यन्त विषम परिस्थीतीबाट गुज्रीरहेको छ । चिनबाट सुरु भएको यो महामारी अहिले विश्वव्यापी बन्दैछ । यो संक्रमण छोटो समयमै तीव्र रुपमा फैलिरेहको वर्तमान अवस्थामा हाल नेपालमा समेत यसको प्रभाव न्युन रहे पनि सम्भावित भयावह स्थीतिलाई रोक्न निकै ठुलो चुनौती खडा भईसकेको छ ।
अझ भन्नुपर्दा यसको पुर्व तयारीमा निकै ढिलो भईसकेको छ र रोकथामकालागि हामी सवैले आ–आफ्नो क्षेत्रवाट सक्रियता देखाउनु आवश्यक छ । नेपालमा २०१३ साल चैत्र २० गते चितवनको बखानपुरमा बखान ऋण समिति बाट सुरु भएको नेपालको सहकारी इतिहाँस लाईनै आधार मानेर हरेक वर्ष चैत्र २० गते सहकारी दिवस मनाउन थालिएको हो । हाल नेपालमा करिव ३५ हजार सहकारी संस्थाहरु स्थापित रहेका छन् ।
सन्दर्भ : सहकारी दिवस
६५ लाख सदस्यहरु सहकारी अभियानमा आवद्ध रहेको छ । नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा करिव ५ प्रतिशत, वित्तीय क्षेत्रमा करिव २५ प्रतिशत सहकारीको योगदान रहेको छ । विगतका वर्षहरु जस्तै यस वर्ष पनि “मर्यादित श्रम र पर्यटनका लागि सहकारी” भन्ने थिम सहित ६३ औै राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रम गरी देश भर भव्यताका साथ मनाउने पुर्व तयारी थियो ।
तर, विश्व कोरोनाको महामारीले गर्दा हरेक वर्ष जस्तो कुनै औपचारीक कार्यक्रमहरु यो वर्ष मनाउन पाइएन, राष्ट्रिय सहकारी महासंघले पनि कुनै भेला सम्मेलन गरी सहकारी दिवस नमनाउन भनेको छ । साथै कोभिड १९ विरुद्धको सरकारको अभियानमा सहयोग गरेर यस पटक सहकारी दिवस मनाउनकालागि आग्रह गरेको छ ।
यसै सन्दर्भमा, सहकारीको विभिन्न सिद्धान्तहरु मध्ये “समुदाय प्रति चासो” ले भने जस्तै सहकारीहरु, सहकारी सञ्चालकहरु तथा सहकारीकर्मीहरुले निकै सक्रियताका साथ आफुलाई प्रस्तुत गर्नु पर्ने समय आएको छ । समुदायका सदस्यहरुको संलग्नता विना कुनै पनि क्षेत्रको विकास सम्भव नहुने भएकोले सहकारी संस्थाले समुदायको आर्थिक तथा मानवीय विकासमा सहभागिता हुनु अघि स्वास्थ्य निकै महत्वपूर्ण रहेको कुरा वर्तमान अवस्थाले सचेत गराएको छ ।
सहकारी संस्था समाजमै स्थापना हुने सामाजिक संस्था भएकोले आफ्नो समाज भित्र रहेका समुदायका सदस्यहरुको लागि सामाजिक उत्तरदायित्व वहन गर्न तत्पर रहनु पनि अहिलेको आवश्यकता हो । स्थानीय पूँजीको विकास तथा गरिव विपन्न वर्गमा वित्तीय कारोवारलाई सहजता प्रदान गर्नकालागि उच्च सजकताका साथ विपन्न समुदायको सहयोगीको भुमिका खेल्न सहकारी हरसम्भव तयार रहनुपर्ने देखिन्छ ।
अहिले धेरै जसो व्यक्तीहरु विदेश तथा शहरबाट गाउँ केन्द्रित भएको अवस्थामा शहरी ईलाकामा भन्दा गाउमा झन विकराल हुन सक्ने अवस्थाबाट जोगाउन ग्रामिण सहकारीको झनै ठूलो भुमिका खेल्नुपर्ने देखिन्छ । त्यसैले राज्यले तेश्रो खम्वाको रुपमा लिएको सहकारी क्षेत्रले यति वेला भरमजदुर मेहनत गर्नु जरुरी छ ।
भनिन्छ “जीउदाको जन्ती र मर्दाको मलामी” यति वेला ग्रामिण भेगहरुमा विपदको साथीका रुपमा सामुदायिक उत्तरदायित्व वहन गर्न सहकारीले महत्वपूर्ण भुमिका खेल्नै पर्ने देखिन्छ । ग्रामिण भेगका सहकारीले यस्तो असहज परिस्थीतिका बाबजुत पनि केही अति आवश्यक कुराहरु जस्तै ग्रामिण क्षेत्रमा वित्तीय कारेवारमा सहजता, विप्रेषण सेवा, अपनत्वको भावना, सुन्दा सामान्य लागे पनि सुचना प्रवाहको लागि रिर्चाज कार्ड, विपद जोखिम न्यूनिकरण राहतकोष, कोरोना संक्रमण वाट बचाउन सचेतनामुलक कार्यक्रम, स्वास्थ्य सामाग्रीहरु, दैनिक खाद्यान्नको व्यवस्थापन गर्नु पर्ने देखिन्छ । सहकारीका सञ्चालक समितिको पटक पटक बैठक वसी स्वास्थ्य अवस्थाको समिक्षात्मक छलफल सहित महामारी उद्धार तथा सम्पर्क समिति गठन गरी परिचालन गर्नु जरुरी छ ।
कोरोना कहरले गर्दा घरघरमा थुनिएर बसेको अवस्थामा घरदैलोमै सेवा गर्नको लागि सुफथ मूल्य पसल सञ्चालन, कोरोना रोकथामको लागि स्वास्थ्य सामाग्रीहरु वितरण, समुह परिचालन र सचेतीकरण, सहकारी एम्वुलेन्स सेवा, विपन्न परिवारलाई गर्न सकिने राहत सामाग्रीहरु, सरसफाई सामग्रीहरु तथा स्टेचर व्यवस्थापन, स्थानिय प्रहरी तथा सरकारी तथा गैर सरकारी संस्थाहरु सँग सामुहिक सहकार्य, समन्वय र सहयोग, एस एम एस सेवा, सचेतीकरणका लागि माईकिक, रेडियो तथा एफहरुमा स्थानिय भाषामा सुचना मुलक र सचेतनामुलक सन्देशहरु सम्प्रेषण गर्न सहकारीले अग्रसर हुनुपर्ने देखिन्छ ।
अहिले धेरै जसो व्यक्तीहरु विदेश तथा शहरबाट गाउँ केन्द्रित भएको अवस्थामा शहरी ईलाकामा भन्दा गाउमा झन विकराल हुन सक्ने अवस्थाबाट जोगाउन ग्रामिण सहकारीको झनै ठूलो भुमिका खेल्नुपर्ने देखिन्छ । त्यसैले राज्यले तेश्रो खम्वाको रुपमा लिएको सहकारी क्षेत्रले यति वेला भरमजदुर मेहनत गर्नु जरुरी छ ।
कोरोना महामारीले विश्व अर्थतन्त्र जस्तै नेपालको अर्थतन्त्रलाई निकै कमजोर वनाउनेमा सहजै अनुमान गर्न सकिन्छ । यस्तो अवस्थामा “एकको लागि, सवैको लागि एक” तथा “वसुधैव कुटुम्बकम्” भन्ने सहकारीको मुलमर्म अनुसार यति वेला सरकारको समय समयमा आउने सुचना तथा सन्देशहरु ग्रामिण विपन्न क्षेत्रमा रहेका समुदाय सम्म निरन्तर रुपमा प्रवाह गर्ने र उच्च शर्तकता अपनाउन सहकारी संस्थाले आफ्ना सदस्यहरुको मात्र नभई गैर सदस्य र समुदायको पनि हेरचाह गर्नु जरुरी देखिन्छ ।
Leave a comment