काठमाडौं । सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले सहकारीका ऐन कानून बनेर कार्यान्वयनमा आउन नपाउँदै सम्सोधनकालागि लागीपर्नु उचित नहुने बताए । उनले सहकारी ऐन कानून निर्माणमा सहकारी अभियानले शक्ती प्रदर्शन गरेकाले सम्सोधनका आवाज उठेको हुन सक्ने बताए ।
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघले आयोजना गरेको स्थिरीकण कोष सम्बन्धी राष्ट्रिय गोष्ठीमा रजिष्ट्रार पाण्डेले सहकारी अभियानले गोर्खाली पारा देखाएकोले सहकारी कानूनले मूर्त रुप लिनन सकेको बताए । उनले भने ‘सहकारी अभियानका नेताले कानूनलाई भाषणबाजी गर्ने माध्याम बनाएर कर्मचारीलाई मात्र दोष थुपार्ने काम भएको छ ।
सहकारी विभागलाई गाली नगरे भाषण नै अपुरो भएको ठान्नु हुन्छ’ । सहकारी ऐन तथा नियमहरु सम्सोधन हैन, कार्यान्वयन गर्न तर्फ सहयोग गर्नु होस् । उनले भने ‘स्थिरिकरण कोषमा पाँच प्रतिशत सम्म भन्ने कुरा उल्लेख भएको भए अझ राम्रो हुने थियो भन्ने मलाई पनि लागेको छ ।
धेरै जोशियर कानुन निर्माणमा लागेकोले केही कमजोरी भएका हुन सक्छन् यसलाई छलफल गर्ने सकिन्छ, तर पहिला कार्यान्वन हुन दिनुराम्रो हो’ । सहकारी अभियानले धरातल विर्सन नहुने भन्दै उनले विश्वको सहकारी अभियानसँग नेपालको सहकारीलाई तुलना गर्ने नमिल्ने र आफ्नो देशको अध्यास, स्वभावलाई ख्याल गर्नु पर्ने भन्दै विश्व परिवेशमा तुलना गर्ने लायकको नभएकाले नेपालको सहकारी परिवेशसँग तुलना नगर्न सहकारीकर्मीलाई आग्रह गरे ।
Leave a comment