काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था र मा चन्द्रागिरि नगरपालिका वडा नं १ दहचोकमा रहेको दहचोक नमुना बचत तथा ऋण सहकारी एकीकरण हुने सम्झौता भएको छ ।
माघ ४ गते दुई संस्थाविच भएको एकीकरणको सहमती अनुसार दहचोक नमुना चन्द्रागिरिमा गाभिने भएको हो । दुवै संस्थाको सञ्चालक तथा लेखासुपरिवेक्षण समितिको रोहबरमा चन्द्रागिरिका अध्यक्ष शिवशंकर मानन्धर र दहचोक नमुनाका अध्यक्ष युवराज सिग्देलले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
१७ बुँदे एकीकरण सहमती पत्रमा हस्ताक्षर भएको छ । एकीकरण पश्चात हाल दहचोक नमुना बचत तथा ऋण सहकारी संस्थाको कार्यालय रहेको स्थानमा चन्द्रागिरि साकोसले आफ्नो सेवा केन्द्र स्थापना गरि त्यस क्षेत्रका समुदायलाई प्रभावकारी सेवा प्रदान गर्ने चन्द्रागिरि साकोसका अध्यक्ष शिवशंकर मानन्धरले जनाए ।
Leave a comment