जिल्ला सहकारी संघ काठमाडौंको २० औ वार्षिक साधारण सभाबाट अध्यक्षमा ज्ञानबहादुर तामाङ्ग निर्विरोध निर्वाचित भएका छन् । आगामी चार वर्षे कार्यकालको संचालक समितिकोे उपाध्यक्षमा खेमराज सुवेदी, महिला उपाध्यक्षमा सीता ढकाल, महासचिवमा मनोज भण्डारी, सचिवमा बालकुमार बाँस्तोला र कोषाध्यक्षमा सीता भट्टराई सर्वसम्मत निर्वाचित भएका हुन् ।

यसैगरी सदस्यमा अमरावती महर्जन, सपना अर्याल, सुदर्शन थापा, रमेश कुमार बिडारी, रविन्द्र श्रेष्ठ, अर्जुन भट्टराई र दयाराम प्रजापति रहेका छन् । यसैगरी लेखा समितिको संयोजकमा सुमन केसी तथा सदस्यमा गीता रेग्मी अर्याल र देवकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
Leave a comment