हाइलाइट

सहकारीलाई असुद्ध पैसा राख्ने स्थल नबनाऔं

सहकारीलाई असुद्ध पैसा राख्ने स्थल नबनाऔं :: Sahakari Akhabar

ललितपुर । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले सहकारीलाई असुद्ध पैशा राख्ने स्थल नबनाउन आग्रह गरेका छन् । उनले सहकारी पवित्र स्थल भएकाले यसलाई अशुद्ध पैसा राख्ने स्थल बन्न दिनु नहुने बताएका हुन् ।

राष्ट्रिय सहकारी महासंघले संचालन गरेको दुई दिने सम्पत्ति शुद्धिकरण निवारण तथा जोखिम विश्लेषण तालिमको समापन गर्दै अध्यक्ष बडालले सहकारी समाजिक व्यवसाय भएकाले सामाजिक न्याय र उत्पादन बृद्धिका लागि व्यवसायीक कुशलताको आवश्यकता रहने बताए । कार्यक्रममा सहकारी विभागका उप रजिष्ट्रार शशिकुमार लम्सालले सहकारीमा आन्तरिक नियन्त्रण प्रणाली हुने भएकाले यसमा शुसासन कायम हुने बताए ।

महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले सहकारीले नियमित रुपमा तालिम तथा प्रशिक्षणमा सहभागी भई क्षमता बृद्धि गर्नुपर्नेमा जोड दिइन् । तालिममा नेपाल राष्ट्र बैंकका उपनिर्देशक हरि नेपाल, उपरजिष्ट्रार शशीकुमार लम्साल, राष्ट्र बैंकका पूर्व निर्देशक श्यामकृष्ण दाहाललगायतले प्रशिक्षण दिएका थिए । तालिममा करिब ६० जनाको सहभागीता रहेको थियो ।



Leave a comment