हाइलाइट

सितापाइला सहकारीले कोपसप र कृषि फार्म संचालन गर्ने

सितापाइला सहकारीले कोपसप र कृषि फार्म संचालन गर्ने :: Sahakari Akhabar

काठमाडौं । सीतापाईला बहुउद्देश्यीय सहकारीले कोपसप संचालन गर्नै भएको छ । संस्थाले होमस्टे, चिसियान केन्द र कृषि फार्म लगाएतका बहुउद्देश्यीय कार्य गर्ने जनाएको छ ।

संस्थाको २० औ बार्षिक साधारण सभा अन्तर्गत सितापाईला क्षेत्रको क्षेत्रिय साधारण सभामा प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका कार्यकारी अध्यक्ष केदार मानन्धरले संस्थाले १ अर्ब ३० करोडको कारोबार गरेको र ७ हजार ५ सय सदस्य आबद्धता रहेको र एटिएम, मोबाइल बैंकिङ्ग सेवा संचालन गरिरहेको जानकारी दिए ।

उनले लघुवित्त समूहका महिला सदस्यहरुलाई स्वरोजगार कार्यकम, युवा उद्यमी कार्यक्रम र वित्तिय साक्षरता जस्ता कार्यक्रम संचालन गर्ने बताए । कार्यक्रमको पूर्व अर्थ सचिव माधब धिमिरेले उद्धधाटन गरैका थिए । उनले सीतापाईला सहकारी काठमाडौंको पश्चिम भेगको सहकारीकै पाईनियर संस्था भएको विचार राखे ।

उनले नागार्जुन र चन्द्रागिरि नगरपालिकामा सामाजिक आर्थिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । सभामा प्रेमबहादुर मानन्धरले लेखा समितिको प्रतिवेदन, महिला शसक्तिकरण उपसमितिका संयोजक मनमाया गिरीले लघुवित्त प्रतिवेदन, लक्ष्मी किशोर सुवेदीले शिक्षा उपसमितिको प्रतिवेदने प्रस्तुत गरेका थिए ।

संस्थाकी सचिव सविना शाक्यले कार्यक्रम संचालन गरेकी थिइन् । संस्थाको चन्द्रगिरि क्षेत्रको साधारण सभा पौष १९ गते, ईचंगु र महानगर क्षेत्रको पौष २६ गते साधारण सभा हुने भएको छ ।



Leave a comment