संस्थालाई दीगो, भरपर्दो र सदस्यको पहिलो रोजाई बनाउनको लागि संस्थाहरु ब्राण्डिङ कार्यक्रमा सहभागि हुन आवश्यक छ । संस्थामा आबद्ध शेयर सदस्यहरुलाई गुणस्तरिय सेवाप्रवाह गर्न, सदस्यहरुको मन जित्ने संस्था निमार्ण गर्न तथा संस्थाको चौतर्फी विकास गर्नमा एक्सेस ब्राण्डिङ कार्यक्रम अति नै महत्वपूर्ण छ
एशियाली ऋण महासंघले नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघमार्फत नेपालका प्रारम्भिक बचत तथा ऋण सहकारी संस्थाहरुमा एक्सेस ब्राण्डिङ कार्यक्रमको अवधारणा २०६५ सालमा ल्याएको हो । बचत तथा ऋण सहकारी संस्थाहरुलाई समुदायको सुरक्षित वित्तिय गन्तव्यको रुपमा स्थापित गरी गुणस्तरीय सेवा प्रदान गर्न सक्षम बनाउने हेतुले यो कार्यक्रम तयार गरी लागु गरिएको हो ।
नेपालमा वचत तथा ऋण सहकारी संस्थाहरुको वृद्धि र विकास संगै यसलाई पर्याप्तमात्रामा नियमन, नियन्त्रण र प्रवद्र्धन गर्न सम्बन्धित निकायहरुबाट आवश्यकमात्रामा ध्यान पु¥याउन नसकिरहेको परिप्रेक्ष्यमा एक्सेस ब्राण्डिङ कार्यक्रमले सहकारी संस्थाहरुलाई नियमन गरि सुशासन युक्त सबल र सुरक्षित बनाई सदस्यहरुलाई समृद्ध बनाउने कार्यमा लागिरहेको छ ।
के हो एक्सेस ब्राण्डिङ ?
वचत तथा ऋण सहकारी संस्थाहरुको गुणस्तर सुनिश्चितता सम्बन्धि व्यालेन्स स्कोर कार्डको सिद्धान्तमा आधारित अन्तराष्ट्रिय स्तरको प्रमाणिकरण कार्यक्रम नै एक्सेस ब्राण्डिङ कार्यक्रम हो । ACCESS को शाब्दिक अर्थ A1 Competitive Choice for Excellence in Service and Soundness हो ।
यसले संस्थाको ४ वटा पक्षहरुको विभिन्न ८६ वटा सूचाङ्कहरुको माध्यमबाट संस्थाको गुणस्तरीयता परिक्षणक तथा विश्लेषण गर्ने गर्दछ । ४ वटा पक्षहरुमा पहिलो वित्तिय पक्ष, दोश्रो सदस्य पक्ष, तेश्रो आन्तरिक व्यवसाय प्रकृया पक्ष र चौथौ सिकाइ तथा समृद्धि पक्ष हो ।
वित्तिय पक्षले संस्थालाई सबल र सुरक्षित बनाउन, सदस्य पक्षले गुणस्तरीय वस्तु तथा सेवा र सदस्यहरुको सन्तुष्टि कायम गर्न, आन्तरिक व्यवसाय परिवेशले कार्यगत सक्षमता र प्रतिस्पर्धी अवस्था कायम राख्न र सिकाई समृद्धि पक्षले जानकार र संलग्न सञ्चालक तथा सक्षम र सन्तुष्ट कर्मचारीहरु बनाउको लागि आवश्यक मार्ग निर्देशन गर्दछ ।
संस्थाहरुको सहभागिता र बाण्डिङ
एक्सेस ब्राण्डिङ कार्यक्रममा सहभागि भएपश्चात संस्थाको गुणस्तरमा आउने परिवर्तनको कारणले गर्दा धेरै वचत तथा
ऋण सहकारी संस्थाहरु यो कार्यक्रमा सहभागि हुने क्रम बढ्दो छ । यद्यपी यो कार्यक्रममा सहभागिता जनाई संस्थालाई निर्धारित अनुशासनमा राख्ने कुरा भने त्यति सहज छैन ।
अथक मेहनत, परिश्रम र दृढ इच्छा शक्तिका साथ कार्य गर्दा भने सफलता मिल्ने कुरामा भने दुविधा छैन । कार्यक्रममा सहभागिता जनाउने वित्तिकै ब्राण्ड पाउने पक्का हुँदैन । यसका सुचाङ्कहरुले तोकेको मापदण्ड संस्थामा पुर्यायपछि मात्र ब्राण्ड प्रमाणिकरणको कार्य सुरु हुन्छ । यस कार्यक्रममा ४ वटा ब्राण्डिङ तहहरु रहेका छन ।
जसमध्ये पहिलो ब्रोन्ज बाण्ड, दोस्रो सिल्भर ब्राण्ड, तेस्रो गोल्ड र चौथो ब्राण्ड प्लाटिनम रहेका छन । २०७५ असार सम्मको तथ्याङ्कहरुको आधारमा नेपालजम्मा २० वटा वचत तथा ऋण सहकारी संस्थाहरुले एक्सेस ब्राण्डको प्रमाणीकरण पाइसकेका छन् । जसमध्ये एक्सेस सिल्भर स्तरको ब्राण्ड ५ संस्थाहरुले र एक्सेस ब्रोञ्जस्तरको ब्राण्ड १५ वटा संस्थाहरुले पाएका छन् ।
एक्सेस ब्राण्डिङ् कार्यक्रममा सहभागिता पश्चात सहकारी संस्थामा आउने सकारात्मक परिवर्तनहरु ः एक्सेस ब्राण्डिङ कार्यक्रममा सहभागिता जनाई सकेपछि वचत तथा ऋण सहकारी संस्थामा धेरै परिवर्तनहरु आउने गर्दछन । जसमध्ये मुख्य मुख्य कुराहरुलाई बुँदागत रुपमा उल्लेख गरिएको छ ।
भाखा नाघेको ऋणको नियन्त्रण र जोखिम न्यूनिकरण
»» संस्थागत पुँजिको बृद्धि र संस्थागत विकास ।
»» वित्तिय संरचनालाई प्रभावकारी बनाउन मासिक रणनीतिहरु तयार गर्ने प्रणालीको अभ्यास ।
»» बजारको प्रवृत्तिलाई समयमै संवोधन गर्ने प्रणालीको अभ्यास ।
»» सदस्यहरुको वचत र शेयरलाई ग्यारेन्टी गर्न सक्ने क्षमताको विकास ।
»» संस्थाका वस्तु तथा सेवाहरुलाई प्रस्तुतीकरण गर्ने शैलीमा परिवर्तन ।
»» सदस्यहरुलाई समृद्ध बनाउने वस्तु तथा सेवाहरुको विकास ।
»» सदस्यहरुको सन्तुष्टी स्तर सर्वेक्षण गर्दै आवश्यकतामा आधारित सेवाहरुको विकास ।
»» संस्थाको नीति तथा योजनाहरुमा सदस्यहरु सहभागिता अभिबृद्धि गर्ने प्रणालीको अभ्यास ।
»» सदस्य मैत्री कार्यालयहरुको स्थापना । प्रविधिमा आधारित सेवाहरुको विस्तार ।
»» नीति र विधिहरु पर्याप्तविकास गरी विधिद्वारा संचालितसंस्था।
»» सञ्चालकहरुमा वित्तिय अनुशासन कायम । सञ्चालक समितिमा महिला सहभागिता बृद्धि ।
»» सक्षम व्यवस्थापन निर्माण गरी संस्था सञ्चालन गर्ने जिम्मेवारी हस्तान्तरण ।
संस्थालाई दीगो, भरपर्दो र सदस्यको पहिलो रोजाई बनाउनको लागि संस्थाहरु ब्राण्डिङ कार्यक्रमा सहभागि हुन आवश्यक छ । संस्थामा आबद्ध शेयर सदस्यहरुलाई गुणस्तरिय सेवाप्रवाह गर्न, सदस्यहरुको मन जित्ने संस्था निमार्ण गर्न तथा संस्थाको चौतर्फी विकास गर्नमा एक्सेस ब्राण्डिङ कार्यक्रम अति नै महत्वपूर्ण छ । जय सहकारी । लेखक जनसचेतन साकोसका प्रमुख कार्यकारी अधिकृत हुन्
Leave a comment