ललितपुर । पुल्चोकमा केन्द्रीय कार्यालय रहेको श्रीलालीगुँरास बहुउद्देश्यीय सहकारीले सदस्यहरुलाई सम्मान गरेको छ । संस्थाको सम्पन्न २० औं वार्षिक साधारण सभामा ८० वर्ष पुरा गरेका संस्थाका २६ जना जेष्ठ शेयर सदस्य र ९ जना शारिरिक अशक्त सदस्यलाई ५ हजार नगद सहित सम्मान गरेको हो ।
त्यसैगरी संस्थाले एसइईमा उत्कृष्ट नतिजा ल्याउने १७ जनालाई ५ हजार नगद सहित सम्मन गरिएको थियो भने रुसमा सम्पन्न आठौ प्यासिफिक युवा वैज्ञानिक सम्मेलनमा स्वर्ण पदक विजेता संस्थाका शेयर सदस्य स्वराज सागर प्रधानलाई विशेष सम्मान गरिएको थियो ।
साधारणसभामा संस्थामा ५ वर्ष स्थायी सेवा पुरा गरेका विनेश महर्जन, अनिता तको, अञ्जु सिलवाल, सारदा राई र पवित्रा खड्कालाई सम्मान गरिएको थियो । त्यस्तै आव ०७५ \०७६ मा उत्कृष्ठ काम गरेवापत चावहिल सदस्य सुविधा काउन्टरमा कार्यरत अञ्जु सिलवाललाई २५ हजार रुपिया सहित उत्कृष्ठ र मुख्य कार्यालयमा कार्यरत अनुजा कार्कीलाई ३५ हजार नगद रुपिया नगद सहित सर्वोत्कृष्ट पुरस्कार प्रदान गरिएको थियो ।
सभामा प्रमुख अतिथि पुर्वप्रधानमन्त्री एवं समाजवादी पाटीका अध्यक्ष डा. वावुराम भट्टराईले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारीको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए । उनले सरकारले सहकारीको योगदानको विषयलाई बिर्सन नहुने उल्लेख गरे ।
कार्यक्रममा संस्थाका संचालक समितिका अध्यक्ष अमरदास श्रेष्ठले आर्थिक वर्ष ०७५ \ ०७६ मा सहकारीले गरेको उपलब्धी, भावी योजना, सम्भावना र भविष्यमा आउन सक्ने चुनौतिको बारेमा जानकारी गराए । संस्थाका सचिव एवं प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले देशभर संचालित करिब ३५ हजार सहकारी मध्ये श्रीलालीगुराँस बहुउद्धेश्यीय सहकारी संस्था उत्कृष्ट संस्थाको रुपमा पहिचान बनाउन सफल रहेको बताए ।
उनले सहकारी संघ संस्थाहरुबाट प्रत्यक्ष रुपमा ३ लाख भन्दा बढी व्यक्तिहरुले रोजगारी प्राप्त गरेका जानकारी गराए । देशका कुल ग्रहस्थ उत्पादनमा करिब ५ प्रतिशत योगदान गरेको सहकारीले स्थानीय तहमा युवा,महिला वृद्धवृदाको उल्लेख्य सहभागिता बढेको बताउदै सहकारीकै क्षेत्रको विकासको कारण देशको आर्थिक अवस्थामा सुधार आएको विचार राखे ।
सहकारीमा करिब साढे ६ खर्ब भन्दा बढी बचत र ७ अर्ब रुपिया भन्दा बढी ऋण परिचालन भएको छ । उनले देशभरका सहकारीमा ६५ लाख भन्दा शेयर सदस्यहरुको आवद्धता रहेको जानकारी दिए । सहकारी मार्फत देशको आर्थिक विकास गर्नको लागि सहकारी मैत्री कानून निर्माण गरिनुपर्नेमा जोड दिए । उनले सरकारको तीन खम्बे अर्थ नीतिको लक्ष्य पुरा गर्न सहकारी क्षेत्रमा लगानी बृद्धि गरी देशको विकास सम्भव रहेको बताए ।
संस्था स्थापना भएको दुई दशकमा २१ हजार सदस्य पुगेको र संस्थाले चितवनको खैरहनीमा देशकै सर्वाधिक ठूलो गाई फार्म संचालन गरेको, स्वास्थ्य, शिक्षा लगाएतको क्षेत्रमा लगानी गरेको जानकारी दिए । उनले लितपुरको गोदावरीमा श्री लालीगुराँस दुग्ध प्रसोधन उद्योगको निर्माण कार्य भैरहेको जानकारी गराइयो । सस्थाले गरेको योगदानको कदर गर्दै गतवर्ष प्रदेश ३ बाट उत्कृष्ट सहकारी व्यावसाय पुरस्कार–२०७५ प्राप्त गरिसकेको छ ।
संस्थाले शेयर सदस्यको माग अनुसार सुविधा दिन ललितपुरको चापागाँउ, काठमाडौंको चाबहिल र न्युरोड, भक्तपुरको कौशलटार र चितवनको पर्सा सदस्य सुविधा काउण्टर संचालन गरीसकेको छ । यो वर्ष भित्र काठमाडौंको नयाँ बजार, र महाराजगंज, भक्तपुरको सुर्यविनायक, ललितपुरको कुमारीपाटी, चितवनको भरतपुर, गण्डकीको गोरखा, कास्कीको पोखरा,गोरखाको सिरानचोक र मकवानपुरको हेटौडामा सदस्य सुविधा काउन्टर संचालन गर्ने तयारी गरेको छ ।
कार्यक्रममा पुर्व मन्त्री एवं नेकपाका प्रमुख सचेतक देव गुरुङ, नेपाली काग्रेसका संसदीय दलका प्रमुख सचेतक वालकृण खाँड, पुर्व मन्त्री एवं राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले सहकारी संस्थाले नेपालको आर्थिक क्षेत्रमा गरेको योगदानको चर्चा गरेका थिए ।
कार्यक्रममा संस्थाका सल्लाहकार एवं राष्ट्रिय योजना आयोगका पुर्व सदस्य जनकराज शाह, संविधान सभा सदस्य , राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष एवं अन्तराष्ट्रिय सहकारी महासंघका संचालक ओमदेवी मल्लले संस्थाले सहकारी क्षेत्रमा गरेको योगदानको चर्चा गरेका थिए ।
Leave a comment