हाइलाइट

धनराज जोशीः संघर्षदेखि सफलतासम्म

धनराज जोशीः संघर्षदेखि सफलतासम्म :: Sahakari Akhabar

सफलता कुनै संयोग होइन, निरन्तर प्रयास, इमान्दारिता र सकारात्मक सोचको परिणाम हो ।

नेपालको सुदूरपश्चिम प्रदेमा रहेको दार्चुला जिल्लाको दुहुँ गाउँपालिका–४, जोशीगाउँमा २०३८ साल असार ३ गते जन्मिएका धनराज जोशीले सहकारी अभियान, सामाजिक सेवा र नेतृत्व विकासका क्षेत्रमा परिचय बनाएका छन् । सामान्य ग्रामीण परिवेशबाट आफ्नो सामाजिक यात्रा प्रारम्भ गरेका उनले शिक्षा, मेहनत, इमान्दारिता र समर्पणको बलमा समाजमा बेग्लै पहिचान बनाउन सफल भएका छन् ।

बाल्यकाल र शिक्षाः

दार्चुलाको विकट ग्रामीण बातावरणमा हुर्किएका जोशीको प्रारम्भिक शिक्षा आफ्नै गाउँबाट प्राप्त गरे । अध्ययनप्रति विशेष लगाव र निरन्तर मेहनतका कारण उनले स्नातकोत्तर तहसम्मको शिक्षा पनि हासिल गरे । शिक्षासँगै सामाजिक चेतना र नेतृत्व क्षमताको विकास गर्दै उनले समाज परिवर्तनको अभियानमा आफूलाई समर्पित गरेकाछन् ।

सामाजिक सेवाः

युवावस्थादेखि नै समाजसेवा र जनचेतना अभिवृद्धिका कार्यमा सक्रिय रहेका जोशीले विभिन्न गैरसरकारी संस्थाहरूमा सामाजिक परिचालनको क्षेत्रमा काम गरेका छन् । ग्रामीण समुदायका समस्या, आवश्यकता र सम्भावनालाई नजिकबाट बुझ्दै उनले विकास र सशक्तीकरणका अभियानहरू सञ्चालन गरे ।

सहकारी अभियानमा योगदानः

अभियानकर्मी जोशीको जीवनको महत्वपूर्ण अध्याय सहकारी अभियानसँग जोडिएको छ । सहकारीलाई आर्थिक तथा सामाजिक रूपान्तरणको आधार मान्दै उनले यस क्षेत्रमा उल्लेखनीय योगदान पर्याएका छन् । केदारनाथ बचत तथा ऋण सहकारी संस्था दार्चुलाका प्रमुख कार्यकारी अधिकृत रहेका जोशीको नेतृत्वमा संस्थाले जिल्लाको अग्रणी सहकारी संस्थाको रूपमा पहिचान स्थापित गरेको छ । जिल्ला सहकारी संघ दार्चुलाका संस्थापक अध्यक्ष समेत रहेका जोशीको सहकारी शिक्षा, सुशासन, वित्तीय अनुशासन र सदस्य सशक्तीकरणमा विशेष योगदान रहेको छ ।

अध्ययन, अवलोकन र प्रशिक्षणः

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सहकारी तालिमहरूमा सहभागिता जनाईसकेका जोशी सहकारी व्यवस्थापन, नेतृत्व विकास, वित्तीय विश्लेषण र संस्थागत सुशासन सम्बन्धी विविध तालिमप्राप्त छन् । नेपालका करिब ५० भन्दा बढी जिल्लामा अध्ययन अवलोकन भ्रमण गरी उनले सहकारीका सफल अभ्यासहरूलाई आफ्ना कार्यक्षेत्रमा लागू गर्नका साथै प्रशिक्षकको रूपमा समेत विभिन्न जिल्लाहरूमा सहकारी शिक्षाप्रदान गरिरहेका छन् ।

नेतृत्व र ब्यक्तित्वः

जोशी दूरदर्शी, अनुशासित र परिणाममुखी नेतृत्वकर्ता हुन । उनको नेतृत्व शैली सहकार्य, पारदर्शिता र उत्तरदायित्वमा आधारित छ । समाजका विभिन्न वर्गलाई समेटेर सामूहिक विकासको अभियान सञ्चालन गर्नु उनको विशेषता हो ।

सन्देश...

“सफलता कुनै संयोग होइन, निरन्तर प्रयास, इमान्दारिता र सकारात्मक सोचको परिणाम हो ।” जोशीको जीवन यात्रा संघर्ष, समर्पण र सफलताको प्रेरणादायी उदाहरण हो । उनले देखाएको बाटोले नयाँ पुस्तालाई समाजसेवा, नेतृत्व र सहकारी अभियानमा योगदान दिन प्रेरित गरिरहेको छ।

र...

ग्रामीण परिवेशबाट उठेर सहकारी क्षेत्रका सफल नेतृत्वकर्ताको रूपमा स्थापित सहकारी अभियानकर्मी जोशी, आज धेरै युवाहरूका लागि प्रेरणाको स्रोत हुन् । उनकोे सहकारी क्षेत्रको योगदानले दार्चुला मात्र होइन, समग्र सहकारी अभियानलाई नयाँ ऊर्जा प्रदानगरेको छ । समाज रूपान्तरण र आर्थिक सशक्तीकरणको यात्रामा सधैं प्रशंसायोग्य रहेको र “संघर्षलाई अवसरमा बदल्दै समाज परिवर्तनको यात्रामा निरन्तर अगाडि बढ्ने नाम, धनराज जोशी ।”



Leave a comment