२०३९ सालमा लेखापालबाट निजामती सेवामा प्रवेश गरेका केशब बहादुर थापाले कार्यकालको अधिकसमय सहकारी सेवामा विताए । डिभिजन कार्यालय, प्रशिक्षण केन्द्र, सहकारी विभाग तथा मन्त्रालयमा काम गरेर उपसचिवबाट अवकास भएका उनकोसहकारी विज्ञको छवीबनेको छ । जसको कारण अवकाशपछि पनि उनी प्रशिक्षण, परामर्श, कार्यक्रमका अतिथीजस्ता गतिविधिमार्फत सहकारीमै क्रियाशिल छन् । उनीको व्यक्तिगत जीवन तथा जागीरको अनुभवमा केन्द्रीत रहि सहकारी अखबारले गरेको कुराकानी :
जन्म ?
२०१७ साल कात्तिक २१ गते ।
जन्म स्थान ?
परिवारको बसाई पाल्पा र बुटवलमा थियो । मिनपचासमा परिवारको बसाई बुटवलमा हुने भएकाले मेरो जन्म पनि त्यहि भयो । तर हुकाई, बढाइ, पढाइलेखाइ भने पाल्पामै भयो ।
शिक्षा ?
बिकम, जनप्रशासनमा स्नाकोत्तर र एक वर्षे विएड ।
परिवारका सदस्य ?
श्रीमान / श्रीमती, छोरा / बुहारी र छोरी ।
तपाई परिवारको कुन सदस्य ?
तीन जना दिदी पछि तिन भाई जन्मेका हौं । दाजुभाईमा म माइलो ।
विवाह ?
२०४६ सालमा ।
मागी कि भागी ?
मागी नै हो । तर,मैले एउटा मात्र केटी हेरे जसलाई हेरे, उसैसँग बिहे गरे । केटीको पनि आफ्नो मर्यादा हुन्छ, हेर्न गएर अस्विकार गर्दा उसको मन खिन्न हुन्छ भनेर बाहिरबाट बुझेर यत्तिको भए हुन्छ भन्ने भएपछि मात्र हेर्न गएको थिए ।
पहिलो जागिर ?
७ / ८ कक्षा पढ्दादेखि नै जागीर सुरु गरेको हो । मिनपचासको बिदामा स्टेशनरीमा सेल्समेनको काम गर्थे ।
पहिलो कमाइ ?
४५ रुपैयाँ महिनाको ।
के गर्नुभयो ?
केहि रकम आमालाई दिएहोला, केहि आफैले खर्च गरे ।
निजामती प्रवेश
२०४१ सालमा लेखापालबाट ।
पुरस्कार सम्मान ?
अहिलेसम्मकेहि पाएको छैन ।
मन पर्ने खाना ?
सामान्य दालभात, अहिले दुईछाक भात खाँदिन ।
माछा मासु ?
केहि बाँकी राखिदैन । यो खान्छु, यो खाँदीन भन्ने छैन ।
धुमपान / मध्यपान ?
धुम्रमान गरिदैन । मद्यपान गर्छु ।
राशिफल ?
हेर्छु, यसले सकारात्मक उर्जा बढाउने काम गर्छ । तर, विहान पढेको राशिफल दिनभरीमा बिर्सिन्छ ।
मन्दिर जानुहुन्छ ?
लिप्त भएर जानैपर्छ भन्ने छैन । बाटोमा पर्दा ढोग्छु । म आस्तिक हो, अन्धविश्वासी हैन ।
भान्सामा परिवारलाई सहयोग ?
मज्जाले गर्छु । तर श्रीमतिज्यूले आफु भएसम्म छिर्न दिनुहुन्न ।
जीवनमा आफैले किनेको सवैभन्दा महंगो सामान ?
त्यस्तो केहि छैन । मलाई किताव मनपर्छ । नपढेपनि किन्छु र मनपरेको पुस्तक कसैलाई दिदिन । भारत भ्रमणमा गएको बेला अमुलको प्रवद्र्धन गर्ने भर्गिस कुरीको अटोबायोग्राफी किनेको थिए । मन्त्रीहरुले पनि सहकारी बुझ्नुपर्छ भनेर तत्कालिन कृषिमन्त्री छविलाल विश्वकर्मालाईदिएको थिए ।
उहाँ हिड्ने बेलामा फिर्ता मागेको भेटिएन भन्नुभयो । पछि सहकारीकै साथी दिल्ली जाँदा फेरी ल्याइदिनु आग्रह गरे । त्यो पनि मन्त्रालयको सचिवलाई पढ्न दिएको फिर्ता गर्नुभएन ।
भ्रमण ?
भ्रमण गर्न मन लाग्छ । एक महिना घरमा बस्ने वित्तीकै कहाँ जाउँ, कहाँ जाउँ भन्ने लाग्छ । अहिले सहकारीको परामर्शदाता भएपछि भ्रमणको अवसर आउँछ ।
घुम्न मन लाग्ने ठाउँ ?
त्यस्तो स्थान विषेश छैन । जहाँ असुविधा नहोस् र मान्छेहरु आत्मिय हुन् भन्ने लाग्छ । चितवनमा बस्दा वर्षमा एक पटक सिक्किम पुग्थे । त्यहाँ पैसामात्र आइसी चल्ने हो नत्र नेपालमै छुँ भन्ने फिल हुन्छ ।
सवारी साधन ?
म ब्याक सिट ड्राइभर आफ्नो सवारी छैन ।
मोवाइल ?
सामान्य स्मार्टफोन ।
टेलिभिजन कार्यक्रम ?
युट्युवमा गीत र फिल्म मात्र हेर्छु ।
मनपरेको फिल्म ?
गाइड, प्यासा, तारे जमिनपर
नेपालीमा ?
बासुदेव ।
कलाकार ?
दिलीप कुमार, अमिताभ बच्चन, नेपालीमा पछिल्लो पटक प्रकाशमा प्रदिप खड्काको अभिनय ।
आफुले आफुलाई चिनाउनुपर्दा ?
सहयोगी साथी । कोही कसैले मेरो क्षमता विज्ञता अनुसार सहयोग माग्यो भने सकेको सहयोग गर्छु । तर त्यसवापत केहि माग्दिन । कसैले दिएमा कम भयो भन्ने चलन पनि छैन ।
सहकारी अभियान योगदान ?
मलाई सहकारीमा धेरै गाली गर्छन । संस्था धेरै दर्ता गर्यो, ओरेन्टल डुबाउने ब्यक्ति यहि हो भन्छन् । तर संस्था मैले चलाएको त होइन नि । म दर्ता र निरिक्षण गर्ने निकायको कर्मचारी भएकाले बरु निरिक्षण गर्न सकिन होला ।
सहकारी दर्ता गर्दा स्थलगत निरिक्षण गर्ने, साधारसभामा प्रतिनिधि खटाउने, बचत तथा ऋणको निरिक्षण प्रतिवेदन बनाउने जस्ता केहि काम गरे । तर, मुख्यगरी सहकारीको शिक्षा पुगेन, शिक्षा दिन पनि सकिएन भन्ने फिल हुन्छ ।
सहकारीसँगको कारोबार ?
सहकारीमा कारोबार छैन । पहिले कर्मचारी हुँदा प्रशिक्षण केन्द्रमा सहकारी उपभोक्ता भण्डार थियो । त्यसमा नियमित बचत गर्थे, पछि त्यो संस्था बन्द भयो । तालिम र अनुसन्धानसम्बन्धी काम गर्ने सहकारी दर्ता गर्यौं जसमा रामेश्वर खनाल पनि हुनुहुन्थोे । यो संस्था पनि माओवादी युद्ध र २०५८ सालको आयकर ऐनमा निजामती कर्मचारी, शिक्षक सहकारीमा बस्न नपाउने प्रावधान आएपछि बन्द भयो ।
अहिले सहकारीको नेतृत्वमा जुन राजनीतिक दल हावी छ त्यसैका कार्यकर्ताले लिड गरेको तालिम सहकारीमा लगानी गरेको थिए । वर्षदिन चलेर संस्था बन्द भयो, सेयर पनि डुब्यो । गत वर्ष कृषि क्षेत्रमा पत्रिका निकाल्ने एक व्यक्तिले ‘दाई तपाई पनि सहकारीमा उपाध्यक्ष बस्नुपर्यो’ भनेर अफर गर्नुभयो ।
संस्थाको विनियममा वचत तथा ऋण कारोबार गर्ने प्रावधान नभएपनि विनियम संसोधन नगरी, स्विकृती नलिइ बचत तथा ऋण कारोबार सुरु गरेपछि राजिनामा दिए ।
मनपरेका सहकारी ?
काठमाडौंका चन्द्रागिरी रहिमालयन, काठमाडौंबाहिर जनउत्थान ।
सहकारी रजिष्ट्रारसँगको अनुभव ?
१७–१८ जना रजिष्ट्रारसँग काम गरे ।सहकारीबुझेको रजिष्ट्रार टंकमणी शर्मा हुनुहुन्थ्यो । उहाँले सहकारीका वेथिती बुझेर २०६४ सालमा मापदण्ड ल्याउनुभयो । जसमा कार्यक्षेत्र, शाखा विस्तार दिन रोक्नुभएको थियो । त्यसलाई २०६८ सालमा विगारियो । अहिले तिनै व्यक्तिसहकारीका ठुलो मान्छे भएका छन् । जसले सहकारी बुझेका छन् उनीहरुलाई टिक्न दिइदैन ।
सहकारी नेतामा ?
खासै बुझेकानेता छैनन् । देखे भोगेमध्ये दिपक प्रकाश बास्कोटा हुन् । सहकारीको अभियानको अहिलेको विकास र विकृती जे भनेपनि उहाँकै देन हो । केशवप्रसाद बडाल, प्रारम्भिक संस्था नभएपनि एपेक्स बडीको अध्यक्ष भए ।
मिनराज कडेलले सहकारी त बुझेको हो तर उहाँमा नेतृत्वमा हुनुपर्ने ड्राइभिङ फोर्स छैन । अर्का सहकारी बुझेका र नेतृत्व गर्न सक्ने नेता ऋषिराज घिमिरे हुन् । तर पार्टीको कार्यकर्ता नभएकाले उनले भूमिका पाएनन्।
अवकाशपछिको जीवन ?
दैनिकी मर्निङ वाक, नुवाई–धुवाई त्यसपछि टोले साथीहरुसँग गफगाफ र पुस्तक पत्रपत्रिका अध्ययन तथा सामाजिक संजालमै वित्छ । सहकारीहरुले कुनै काम दिए त्यसमा पनि सक्रिय छु ।
पुस्तक लेख्ने योजना ?
चन्द्र बहादुर ठकुरीले लेखेको सहकारी ब्यवस्थापनको पुस्तकलाई सम्पादन गर्ने मन थियो । उहाँलाई प्रस्ताव गरेको मान्नुभएन । त्यस्तै प्रकृतिको अर्को किताव निकाल्न मन लागेन । फेसबुकमा लेखेको अनुभव देखेर पुस्तक लेख्ने सुझाव आउँछन् । तपाई लेख्नुहोस् म छापिदिन्छु भन्नेपनि छन् । रुची छ,फुर्सद निकाल्न सकेको छैन ।
जागीरमा नमिठो अनुभव ?
लोकसेवा आयोगमा हुँदाश्रीमती पनि परिक्षार्थी थिइन् । उनले परिक्षा दिने भनेपछि म प्रश्नपत्र छाप्ने काम सहभागी भइन । तर, छोरो सानो भएकाले अफिस नजिकैको सेन्टरमा भने पारेको थिए । तर, त्यहि इस्युलाई ठूलो बनाएर मलाई निरिक्षण गर्न पठाउने, काज बोलाउने, स्पष्टिकरण सोध्ने गरेपछि कृषि मन्त्रालयमा सरुवा गरियो ।
यसले श्रीमतिलाई पास गराउँछ, यहि मौकामा हाम्रा मान्छे पनि पार्नुपर्छ भनेर साथीहरु आएका थिए । मैले वास्ता गरिन । त्यसपछि उनीहरु मेरा विरुद्ध लागे । मेरीश्रीमति पास भइन् । त्यो बेला मैले पास गराएको भए त्यसपछि सुब्बा, शाखा अधिकृत परिक्षा त फेल हुनुपर्ने थियो नि !
Leave a comment