हाइलाइट

‘प्रेम’ रोमान्टिक प्रेममा मात्र सीमित हुँदैन 

‘प्रेम’ रोमान्टिक प्रेममा मात्र सीमित हुँदैन  :: Sahakari Akhabar

बद्री कुमार गुरागाईँ

प्रमुख कार्यकारी अधिकृत ( राष्ट्रिय सहकारी बैङ्क )

न्वारनको नाम ?

टङ्क बहादुर गुरागाईँ ।

बोलाउने नाम ?

बद्रीकुमार गुरागाईँ

जन्म मिति र स्थान ?

खोर्साने, सुन्दरहरैँचा, मोरङ, उमेर त सोध्न हुन्न भन्छन्, नभनौँ कि....।

राशि ?

सिंह ।

हालको बसाइँ ?

मैतीदेवी ।

शिक्षा ?

सि.ए, स्नातकोत्तर ।

विद्यालय स्तरमा तपाई कुन स्तरको विद्यार्थी ?

मध्यम मात्र थिएँ, गणित मनपथ्र्यो ।

परिवारमा जम्मा सदस्य ?

हाल सँगै बसोबास गर्ने ४ जना छौँ, मोरङ घरमा अरू ४ जना हुनुहुन्छ ।

पहिलो जागिर ?

शिक्षक ।

पहिलो कमाइ कति र केमा खर्च गर्नु भयो ?

पहिलो कमाइ रु ५६३ थियो, ज्याकेट र केही लुगा अनि चस्मा किने ।

पहिलो जागिर रहर की बाध्यता ?

आधारभूत आवश्यकता पुगेकै थिए, त्यसैले रहर नै भन्नुपर्‍यो ।

आफ्नै कमाइले किनेको सबैभन्दा महँगो सामान ?

समय अनुरूपको पैसाको भ्यालु र आवश्यकता विचार गर्ने हो भने पहिलो मोटरसाइकल नै थियो ।

उपहारमा आएको बिर्सनै नसकिने सामान ?

श्रीमतीले फिट हुन उत्प्रेरणाको लागि दिएको उपहार – साइकल ।

मन पर्ने खाना ?

नेपाली खाना – दालभात

माछा / मासु ?

माछा एकदमै मन पर्छ, मासु मन पर्छ तर सन्तुलित मात्रामा मात्रै ।

धूम्रपान/मद्यपान ?

विशेष समारोहमा मात्र पिउँथे, अहिले खास रुचि लाग्दैन, धूम्रपान गर्दिन ।

भ्रमण गरिएका देश ?

प्रायजसो कामकै सिलसिलामा भ्रमण हुन्छ । एसिया क्षेत्रका भारत, जापान, युएई, ईन्डोनेसिया, कोरिया, थाइल्यान्ड, मलेसिया, फिलिपिन्स, अनि अन्यमा दक्षिण अफ्रिका अमेरिका, लन्डन, युरोपका देशहरू, आदि ।

नेपालको उत्कृष्ट लागेको ठाउँ ?

एभरेस्ट बेस क्याम्प, जति पटक गए पनि पोखरा राम्रो लाग्छ ।

रुचिका विषयहरू ?

व्यवस्थापन सम्बन्धी पुस्तक पढ्ने, विभिन्न देश र परिवेशसम्बन्धी डकुमेण्टरीहरु हेर्ने । 

चाहेर पनि गर्न नपाएको काम ?

पुरा परिवार एकसाथ बस्ने व्यवस्था गर्न सकेको छैन ।

साहित्यमा रुचि ?

ठिकै भन्नुपर्‍यो, पढ्ने विषयमा पत्रपत्रिका र समाचारमै धेरै समय बिताउँछु ।

पुरस्कार सम्मान ?

IPPF SARFO ‘Outstanding Performer’ (2015-16)

नेपाल सरकारबाट प्रबल जनसेवा श्री विभूषणको लागि घोषणा भएको छ ।, विभिन्न सहकारी सङ्घ÷संस्थाबाट सम्मान

फुर्सदको समयलाई कसरी उपयोग गर्नु हुन्छ ?

फुर्सदको समय कमै हुन्छ, बिदाहरूमा परिवारसँगै जमघट, घुमघाममा समय बिताउँछु ।

सबैभन्दा प्यारो लाग्ने कुरा ?

मेरा इलेकट्रोनिक्स साधनहरू ।

भान्सामा सहयोग कत्तिको गर्नुहुन्छ ?

श्रीमती भेजिटेरियन भएकोले मासु चाहिँ सँधै आफै पकाँउछु, अन्य समय ठिकै भन्नुपर्‍यो

लगाउनमा सोख ?

फेसनमा खासै चासो छैन, तर लगाउनमा सोख चाहिँ छ ।

सवारी साधन ?

गाडी, कहिलेकाहीँ साइकलमा घुम्न पनि मन पर्छ ।

मोबाइल ?

आईफोन ।

घडी ?

एप्पल ।

मन पर्ने खेल ?

खेल्नमा फुटबल र स्नुकर, क्रिकेट चाहिँ खेल्न खासै आउँदैन, हेर्न भने मन पर्छ ।

मन पर्ने पुस्तक ?

उत्प्रेरणादायी पुस्तकहरू मन पर्छ । विशेष मनपरेको पुस्तकको नाम लिनुपर्दा सेभन ह्याबिट अफ हाइली इफेक्टिभ पिपुल, खुसी आदी ।

मन पर्ने मौसम ?

हेमन्त ।

मनपर्ने रेडियो तथा टेलिभिजन कार्यक्रम ?

रेडियो खासै सुन्दिन, टेलिभिजनमा अन्तर्वार्ता र डकुमेन्ट्री ।

पछिल्लो पटक हलमा हेरेको फिल्म ?

पुष्पा ।

धर्मप्रतिको आस्था ?

भगवानमा भरोसा राख्छु  ।

मन्दिर जानु हुन्छ ?

दैनिक त जाने गरेको छैन, तर जान्छु ।

सामाजिक सञ्जाल ?

फेसबुक, ट्विटर, इन्सटाग्राम चलाउँछु, व्यक्तिगत भन्दा कामकै सिलसिलामा बढी चलाउँछु ।

मनपर्ने नेता ?

सबै नेतामा केही राम्रा पक्ष छन्, त्यही हेर्ने कोसिस गर्छु ।

मनपर्ने सहकारी अगुवा ?

अगुवा हुन धेरै परिश्रम लागेको हुन्छ, सबैको राम्रो पक्षहरू केलाउने गरेको छु ।

जीवन के हो ?

जन्म र मृत्युबिचको छोटो यात्रा हो । त्यसैले भविष्यको लागि धेरै चिन्ता लिनुभन्दा आजमा रमाउन मन पर्छ ।

प्रेम के हो ?

विभिन्न सम्बन्धमा हुने प्रगाढ माया हो, यो शब्द रोमान्टिक प्रेममा मात्र सीमित हुँदैन ।

सहकारीसँग व्यक्तिगत कारोबार छ की छैन ?

कर्जाको कारोबार छैन, बचत छ ।

सहकारी क्षेत्रमा नआउनु भएको भए ?

पेशाले चार्टड अकाउण्टेण्ट भएकोले सोहीसम्बन्धी केही हुन्थ्यो होला ।

सहकारीमा तपाइको व्यक्तिगत योगदान के छ जस्तो लाग्छ ?

सहकारी क्षेत्रको वित्तीय विवरणको नमुना, सुदृढीकरणका लागि लङ फम अडिट रिपोर्ट नमुना तयारीमा व्यक्तिगत रूपमा संलग्न भएको थिए, साथै डिजिटाइजेसनको सुरुवात र सहकारीमा युवा सहभागिता वृद्धिमा विशेष पहल गर्दै छु । प्रभावकारी नियमन होस, सहकारी सङ्घ÷सरकारी तह जसले गरे पनि कार्यान्वयन होस ।

परिवारमा कति बेला सहकारीका गफ हुन्छन् ?

लकडाउनका समयमा थुप्रै कार्यक्रम जुमबाट हुने र कतिपय त परिवार पनि सहभागी नै हुने भएकोले धेरै नै कुरा हुन्थ्यो । अहिले चाहिँ प्रायजसो साँझ अफिसबाट फर्किएपछिको समयमा नै हो ।

सहकारीवाट कमाएको सम्पत्ति ?

जागिरबाट आउने तलब मात्रै हो, खास सम्पत्ति जोड्ने भन्दा नि जीवन यापनमै ठिक्क छ ।

स्थानीय स्तरमा सहकारीको योगदान ?

पक्कै पनि छ, तर सहकारीलाई सरकारको तहबाट पहिचान र सहुलियतमा कमी भएकोले भरपुर चाहिँ हुन सकेको छैन ।

सहकारीका विकृति ?

केही सहकारीमा भएका एकाध घटनालाई क्षेत्रको विकृति भन्न मिल्छ जस्तो लाग्दैन, केही सहकारीमा लगानीका क्षेत्रमा विकृति देखिएको जस्तो लाग्छ ।

तपाई अभियानको लिडर हुनभयो भने ?

कर्मचारीकै रूपमा ठिक छु ।

सहकारी अभियानले सच्याउनु पर्ने विषय ?

नियमनमा कडाइ नहुँदा स्वनियमनमा चल्न नसक्नु नै मुख्य समस्या हो ।

सहकारी प्रवर्द्धनमा अभियान र सञ्चारको भूमिका ?

सहयोगी हुनुपर्छ, अभियानले सहकारी क्षेत्रलाई स्वच्छ र दिगो बनाउन सहयोग गर्नुपर्छ भने सहकारीका असल अभ्यासलाई सञ्चारले नै प्रकाश पार्नुपर्छ, अनि सत्य/तथ्य र निष्पक्ष समाचार प्रकाशित गर्नुपर्छ ।

खास गरी कुनै निश्चित सहकारीका समाचार वा कोही व्यक्ति विशेषका कमजोरीको बारेमा समाचार लेख्दा समग्र सहकारी क्षेत्रलाई मुछ्दा भने नकारात्मक असर परेको जस्तो लाग्छ ।

अन्त्यमा, सहकारी क्षेत्र नै तपाइको छनोटमा पर्नुको कारण ?

सुरुमा प्रवेश गर्दा त जागिरकै रूपमा गरेको हो, तर बुझ्दै जाँदा समाज रूपान्तरणका लागि धेरै महत्त्वपूर्ण भूमिका रहने क्षेत्र हो जस्तो लाग्छ । यस क्षेत्रलाई पहिचान दिलाउन र स्थापित गराउनका लागि गर्न सकिने अवसर धेरै देखेकोले नै यसमा भिज्दै गएँ ।



Leave a comment