हाइलाइट

बहिरा बाल माध्यमिक विद्यालयलाई अभिरुचि साकोसको सहयोग

बहिरा बाल माध्यमिक विद्यालयलाई अभिरुचि साकोसको सहयोग :: Sahakari Akhabar

काठमाडौं । अभिरुचि बचत तथा ऋण सहकारी संस्था भैरहवाले ६९ औं राष्ट्रिय सहाकारी दिवस तथा संस्थाको १६ औं स्थापना दिवसको अवसरमा बिद्यालयलाई जिन्सी सामाग्री बितरण गरेको छ । संस्थाले सिद्वार्थनगर नगरपालिका–२ मेउडीहवामा रहेको बहिरा बाल माध्यमिक विद्यालयलाई शैक्षिक तथा खाद्य सामाग्री बितरण गरेको हो ।

बिहीबार विद्यालयमा आयोजित एक औपचारिक कार्यक्रमका बिच सो साम्रगी बितरण गरिएको थियो । विद्यालयको समन्वयमा सहकारी संस्थका अधक्ष टिकाराम भट्टराई उपाध्यक्ष कृष्णप्रसाद शर्मा, सचिव उमेश भट्टराई, कोषाध्यक्ष निराजन पोखरेल, सदस्य केशव न्यौपाने, सल्लाहकार जिवन प्रकाश पाण्डेय, शिवहरी अर्याल तथा व्यबस्पथाक   सबिना भुषाल लगएतका प्रतिनिधिले सामाग्री हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा होस्टल इञ्चार्ज  संगिता जिसीले धन्यवाद ब्यक्त गर्दै सहकारीको सहयोगले विद्यालयमा अध्ययनरत सीमान्तकृत बहिरा र आर्थिक रूपले कमजोर बिध्यार्थीका लागि ठूलो राहत मिलेको बताइन । शिक्षामा समान पहुच पुर्याउने यस्ता कार्यक्रमले विद्यार्थीहरू र बिद्यालयहरुमा सकारात्मक प्रेरणा दिनेछ”, उनले भनिन् ।

संस्थाका सल्लाहकार जिवन प्रकाश पाण्डेयले अभिरुचि सहकारी केवल वित्तीय कारोबारमा सीमित नभएर समाजप्रति उत्तरदायी संस्था भएको बताए । उनले शिक्षा, स्वास्थ्य, बातावरण तथा स्थानीय विकासमा योगदान पुर्याउने अभियानमा सक्रिय रहदै यहाँसम्म आइपुगेका बताए ।

संस्थाका अध्यक्ष टिकाराम भट्टराईले आफूपनि शिक्षा क्षेत्रमै सक्रिय रहेर काम गरिरहेको भन्दै आफू आवद्ध तथा सक्रिय विभिन्न संस्थाहरुलाइ यस विद्यालयलाइ यस्ता किसिमको सहयोग गर्न आग्रह गर्ने प्रतिबद्धता व्यक्त गरे । विद्यालयमा अध्ययनरत धेरैजसो विद्यार्थीहरू शारिरिक रुपमा अशक्त भएका र आर्थिक रूपमा कमजोर पृष्ठभूमिबाट आएका कारण उनीहरूका लागि शैक्षिक सामग्री जुटाउन पनि कठिन भइरहेको अवस्थामा यस्ता सहयोग कार्यक्रमले बिद्यालयलाई थप उर्जा मिल्ने प्राधानाध्यापक भिम थापाले बताए ।

यस किसिमको सहयोगले विद्यालय, सहकारी  र समाजबिचको सम्बन्ध बलियो बनाउँने भन्दै उनले भने, ‘यस्तो सहयोगले अन्य संघसंस्थालाई पनि सामाजिक उत्तरदायित्वमा अघि बढ्न प्रेरणा दिनेछ ।’ सहकारी सस्थाले यसअघि  पनि शिक्षा, स्वास्थ्य तथा विपद् व्यवस्थापनका क्षेत्रमा विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आइरहेको थियो। सहकारीले आगामी दिनमा पनि समाजका सीमान्तकृत वर्गहरूलाई लक्षित गर्दै सहयोगका कार्यक्रम सञ्चालन गर्ने सहकारीका अध्यक्ष भट्टराईले बताए । कार्यक्रम संस्थाका सचिव उमेश भट्टराईले सञ्चालन गरेका थिए ।



Leave a comment