हाइलाइट

मध्यपुर थिमि नगरपालिकाद्धारा कृषि बिकास सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा

मध्यपुर थिमि नगरपालिकाद्धारा कृषि बिकास सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा :: Sahakari Akhabar

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले वडा नं ३ गठ्ठाघरमा रहेको कृषि विकास बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गरेको छ । थिमि नगरपालिकाले ऐनमा भएको अधिकारलाई प्रयोग गरी उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरेको जनाएको छ ।

नगर भित्र रहेको सहकारी संस्थालाई स्थानीय सरकारवाट पहिलोपटक जनताको बचत फिर्ता नगरेकामा समस्याग्रस्त घोषणा गरी कालो सूचीमा राखेको हो । पालिकाले केही समय अगाडि आफ्नो स्थानीय तहमा रहेका सहकारीहरुको व्यवस्थापन र अनुगमन गर्नका लागि सहकारी ऐन जारी गरेको थियो ।

मध्यपुर थिमि नगरपालिकाले स्थानिय सरकारको अधिकार क्षेत्रलाई प्रयोग गरि सहकारीको पूर्ण व्यवस्थापन गर्ने र अनुगमन गरी सहकारी संस्थालाई नियमन गर्नका लागि सहकारी ऐन जारी गरेको थियो । जस अनुसार सहकारीको नियमन गर्न अनुगमन समिति, व्यवस्थापन समिति, ऋण असुली न्यायधिकरण, स्थिरिकरण कोषको ब्यवस्था गर्ने, नगरस्तरीय सहकारी समन्वय समिति, कर्जा सूचना केन्द्रको ब्यवस्था गर्नुका साथै सहकारी ऐनमा सहकारीको बिवाद सम्वन्धमा प्रारम्भिक सुनवाई न्यायिक समितिबाट हुने व्यवस्था गरेको थियो ।

न्यायिक समितिबाट थिमि नगरपालिकाको ऐनमा भएको अधिकारलाई प्रयोगगरी उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरेको मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख तथा स्थानीय सरकारको न्यायिक समितिका संयोजक विजयकृष्ण श्रेष्ठले जानकारी दिए ।



Leave a comment