हाइलाइट

गुलरिया नगरपालिकाले सहकारीको ऋण नतिर्नेको नाम सार्वजनिक गरी सेवा सुविधाबाट बञ्चित गर्ने

गुलरिया नगरपालिकाले सहकारीको ऋण नतिर्नेको नाम सार्वजनिक गरी सेवा सुविधाबाट बञ्चित गर्ने :: Sahakari Akhabar

काठमाडौं । गुलरिया नगरपालिकाले सहकारीको ऋण नतिर्ने ऋणीको नाम सार्वजनिक गरी नगरपालिकाबाट पाउने सेवा सुविधाबाट बञ्चित गर्ने भएको छ । पालिकाले सूचना प्रकाशन गरि प्रचलित कानुन बमोजिम कारवाही गर्ने जनाएको हो ।

सूचनामा सहकारीबाट ऋण लिएका ब्यक्तीहरुले ऋण नतिरि वा तिर्न अटेर गरी सम्पर्कमा नआउने ऋणी सदस्यहरुको नाम सार्वजनिक गरी नगरपालिकाबाट पाउने सेवा सुविधाबाट बञ्चित गरी प्रचलित कानुन बमोजिम कारबाही अगाडी बढाइने उल्लेख छ ।

विभिन्न मितिमा ऋण लिएका ब्यक्तिहरुले ऋण नतिरेको, सहकारी संस्थाहरुले ऋण दिएका ब्यक्तिहरुलाई पटक पटक ताकेता गर्दा पनि ऋण बुझाउन नआउने तथा सम्पर्कमै नआएको गुनासो आएकोले सूचना प्रकाशन गरिएको जनाइएको छ ।

सूचनाः

 
 



Leave a comment