काठमाडौं । झापा जिल्ला सहकारी संघले सहकारी संस्थाहरुको ऋण असुलीका लागि सहजिकरण गरिदिन पालिकाहरुलाई आग्रह गरेको छ । जिल्लाभित्रका पालिकाहरुलाई औपचारिक पत्र बढाएर संघले समयमै ऋणको साँवा, व्याज भुक्तानीमा अटेर गर्नेलाई कानून बमोजिम कारवाही हुने व्यहोरा सहितको सूचना जारी गर्न आग्रह गरेको हो ।
वित्तीय प्रणालीमा देखिएको तरलता संकटका कारण सहकारीमा पनि गहिरो असर परिरहेको संघले जनाएको छ । अराजक तथा स्वार्थ समूहले आर्थिक संकटको फाइदा उठाउँदै वित्तिय कारोबार गर्ने सहकारी संघ÷संस्था माथि प्रहार गरेको संघले जनाएको छ ।
यसैगरी ऋण नतिर्न उर्दी गर्ने, व्याज महङ्गो भयो भनेर सदस्यलाई भ्रम सृजना गर्ने, समाजमा अराजकता र अनुशासनहिनता स्थापित गरी आफूले लिएको ऋण नतिर्ने, सके ऋण दिने संस्थालाई नै धरासायी पार्ने उद्देश्य देखिएको छ । गलत कार्य गर्ने, त्यस्तो कार्यमा प्रोत्साहन गर्ने, ऋण नतिर्ने सबै कानुनतः दण्डीत हुनुपर्ने संघका अध्यक्ष गणेश ढकालद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
यसअघि नै झापाकै शिवसताक्षी नगरपालिकाले सहकारीको ऋण तिर्नका लागि ताकेता गरिसकेको छ ।

Leave a comment