सहकारी बैंकको मतदाता नामावली प्रकाशन : १५, ७२६ जनाले मतदान गर्न पाउने

सहकारी बैंकको मतदाता नामावली प्रकाशन : १५, ७२६ जनाले मतदान गर्न पाउने :: Sahakari Akhabar

ललितपुर । राष्ट्रिय सहकारी बैंकले सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचनको लागि बैंकले मतदाता नामावली प्रकाशन गरेको छ । बैंकको निर्वाचन कार्यविधिको दफा ६ बमोजिम पहिलो नामवाली मंगलबार बिहान १० बजे प्रकाशन गरेको हो । उपत्यकाको हकमा बैंकको केन्द्रीय कार्यालय र उपत्यका बहिरको हकमा बैंकको शाखा कार्यालयहरुमा नामावली प्रकाशित गरिएको निर्वाचन समितिले जनाएको छ ।

मतदाताको पहिलो नामवाली अनुसार बैंकको सदस्यहरुले प्रदेश १ मा २ हजार ५५२ सदस्य, मधेश प्रदेशमा २ हजार ३९ सदस्य, बागमती प्रदेशमा ६ हजार ५०७ सदस्य, गण्डकी प्रदेशमा १ हजार ५३५ सदस्य, लुम्बिनी प्रदेशमा १ हजार ८४१ सदस्य, कर्णाली प्रदेशमा ७४८ सदस्य, सुदूर पश्चिम प्रदेशमा ५०४ सदस्य गरी जम्मा १५ हजार ७२६ सदस्यहरुले मतदान गर्न पाउने छन् ।

२०७९ मंसिर ९ सम्म आवद्ध भएका शेयर सदस्यहरुले मतदान गर्न पाउने व्यवस्था गरेको छ । कार्यतालिका अनुसार पुस ५ गतेदेखि १८ गतेसम्म निर्वाचनको समय तोकिएको छ ।जसअनुसार ५ गते मतदाता नामावली प्रकाशन, दाबी विरोध, अन्तिम नामावली प्रकाशन र उम्मेदवारी पत्र वितरण गर्ने जस्ता कार्यक्रम रहेका छन् । 

यस्तै पुस ६ गते उम्मेदवारहरूको पहिलो नामावली प्रकाशन, उम्मेदवारी सूचीउपरको दाबी–विरोध, दरखास्त, दाबी–विरोधको छानबिन र उम्मेदवारी उपर परेको उजुरीको निर्णय (नामावली प्रकाशन) गर्ने रहेको छ,  पुस ७ गते उम्मेदवारी फिर्ता र अन्तिम उम्मेदवारी सूची प्रकाशन र पुस १६ गते सातै प्रदेशमा हुने इकाइ सभामा ११ः ३० बजेदेखि ५ बजेसम्म मतदान कार्यक्रम राखिएको छ ।

त्यसै गरी साँझ ५ बजे देखी मतपेटिका संकलन र मतगणना गर्ने, पुस १७ गते बिहान १० बजे निर्वाचन उपसमितिको बैठक बस्ने, पुस १८ गते बिहान ११ बजे निर्वाचन परिणामको घोषणा गर्ने र दिउँसो १ बजे निर्वाचित अध्यक्ष तथा सञ्चालक सदस्यहरूको शपथ ग्रहण तथा प्रमाण–पत्र वितरण गर्ने कार्यतालिका बनाइएको निर्वाचन समितिले जनाएको छ ।



Leave a comment