अरुणिमा बचतको १३ औं वार्षिक साधारण सभा आफ्नै भवनमा सम्पन्न

अरुणिमा बचतको १३ औं वार्षिक साधारण सभा आफ्नै भवनमा सम्पन्न :: Sahakari Akhabar

ललितपुर । अरुणिमा बचत तथा ऋण सहकारी संस्थाले आफ्नै भवनबाट कारोबार सुरु गरेको छ । ललितपुर महानगरपालिका १४ ताल्छिखेलमा नवनिर्मित भवन तथा संस्थाको १३ औं वार्षिक साधारण सभाको उद्धघाटन शनिबार पूर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य अर्जुन नरसिंह केसीले गरेका हुन ।

साथै कार्यक्रममा प्रतिनिधि सभा सदस्य उदयसम्शेर राणा, सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल लगायतको आतिथ्यता रहेको थियो । सभामा संस्थाका अध्यक्ष घिमिरेले सञ्चालक समितिको तर्फबाट प्रगती प्रतिवेदन, आगामी कार्याक्रम र वार्षिक बजेट प्रस्तुत गरेका थिए ।

त्यस्तै संस्थाका कोषाध्यक्ष महानन्द तिमल्सिनाले आर्थिक वर्ष २०७८ / ०७९को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा सुपरिवेक्षण समितिका संयोजक राजु बजगाईले प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदन उपर छलफल गरि सर्वसम्वत रुपमा पास गरिएको छ।

संस्थामा १ हजार २३ जना सदस्य रहेका छन् । संस्थाको सेयर पुँजी २ करोड २९ लाख, बचत ३२ करोड १९ लाख रुपैयाँ, लगानी ४८ करोड ६३ लाख रुपैयाँ, कोषमा २ करोड ७५ लाख रुपैयाँ रहेको छ।
 



Leave a comment