काठमामाडौं । सेतीओपी कोटेश्वरमा रहेको सुयोग्य बचत तथा ऋण सहकारी संस्थाको १५ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार सम्पन्न संस्थाको साधारण सभाबाट सदस्यले संरक्षित पूँजी फिर्ता कोषको रकम फिर्ता पाएका हुन् ।
ऋण कारोबारका आधारमा योगदान गरेबापत सबैभन्दा बढी रामशरण केसिले ५६ हजार ३३६ रुपैयाँ फिर्ता पाएका छन् । त्यसैगरी सदस्य इन्दिरा तण्डुकारले ४४ हजार ९ सय ९३ रुपैयाँ फिर्ता पाएकी छन् । सदस्य जुनिता जवेगुले ३७ हजार ३४४ रुपैयाँ फिर्ता पाएकी छन् भने सदस्य बिमला श्रेष्ठले ३२ हजार ६१४ रुपैयाँ फिर्ता पाएकी छन् ।
सदस्य दिपक खड्काले पनि ऋण कारोबारबाट योगदान गरेको आधारमा २७ हजार २२७ रुपैयाँ फिर्ता पाएका हुन् । त्यसैगरी टेकबहदुर लिम्बु, शिवकुमार लिम्बु, नदिशोभा राई, योगी सुब्बा र गहेन्द्रराज थाम्सुहाङले बचत कारोबार मार्फत योगदान गरेबापत संरक्षित पूँजी कोषबाट रकम फिर्ता पाएका हुन् ।
आर्थिक वर्ष ०७८ / ०७९ मा सदस्यले संस्थामा गरेको योगदानको आधारमा उक्त कोषबाट रकम फिर्ता पाएका हुन् । कोषबाट लाभ लिने सदस्यहरुमा बचत कारोबारका आधारमा ५ जना र ऋण कारोबारका आधारमा ५ जना रहेका छन् ।
त्यसैगरी संस्थाले चारजना सदस्यलाई उत्कृष्ट सदस्यका रुपमा सम्मान गरेको छ । सभामा संस्थाकी अध्यक्ष पम्फा न्यौपानले प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७८÷२०७९ मा २१ करोड ५९ लाख निक्षेप संकलन गरी २० करोड २३ लाख लगानी तथा संस्थाको सेयर पूँजी २ करोड ४७ लाख रहेको जनाइन् ।
अध्यक्ष न्यौपानले संस्थाले प्रविधिमा आधारित डिजिटल सेवा दिइरहेको बताइन् । आन्तरिक नियन्त्रण तथा नीतिगत सुशासनमा जोड दिइएको उनको भनाइ छ । सदस्यलाई सेवामा थप सहजता, सुविधायुक्त बिविधिकरण गर्र्दै जाने उद्देश्यले प्रबिधिमा जोड दिएकोले आधुनिक बैंकिङ सफ्टवेयर प्रयोग गर्दै आएको उनको भनाइ छ ।
संस्थाले मोबाइल एसएमएस सेवा, मोबाइल बैंकिङ सेवा, रेमिट्यान्स सेवाका साथै खल्ती, इसेवा, क्युआरकोड जस्ता विद्युतीय सेवा दिइरहेको अध्यक्ष न्यौपानले बताइन् ।

घरबाटै बिजुली, पानी, स्कुल फी, इन्टरनेटको बिल भुक्तानी गर्न सकिने, मोबाइल रिचार्ज, प्लेन, गाडीको टिकट काट्न, घरायसी सामग्री खरिद गर्न मिल्ने, आफ्नो खाताबाट अर्को खातामा रकमान्तर गर्न सकिने, खातामा जम्मा गर्दा र झिक्दा जानकारी प्राप्त हुने लगायतका सुविधा दिएको अध्यक्ष न्यौपानेले बताइन् ।
सदस्य व्यवसाय पहिचान गर्दै उत्साही र उद्यमशील युवा लक्षित उत्पादनमूलक, रोजगार तथा आयमूलक कार्यक्रम सञ्चलन लगानी तथा सहयोग दिने नीति अवलम्बन गरेको, ज्येष्ठ नागरिक सदस्य तथा एकल महिला सदस्य लक्षित सम्मान तथा सेवाको नीति कार्यक्रममा प्राथमिकता दिइएको संस्थाले जनाएको छ ।
संस्थाले पौष्टिक आहार तथा स्वास्थ्य सामग्रीको प्याकेज वितरणको कार्यक्रम गर्ने गरेको जनाइएको छ । संस्थाले जेहेन्दार तथा कमजोर आर्थिक अवस्था भएका, संस्थासँग सक्रिय र नियमित कारोबार गर्ने सदस्य वा छोराछोरीको शैक्षिक विकासका लागि छात्रवृति कार्यक्रम गर्ने गरेको जनाकारी दिइयो ।
संस्थाले अघिल्लो वर्षको तुलनामा ९ प्रतिशतले खुद आम्दानी वृद्धि गरी ३ लाख ४५ हजार आम्दानी गरेको छ । सभामा प्रमुख अतिथि रष्ट्रिय सहकारी महासंघकी बरिष्ठ उपाध्यक्ष ओमदेवि मल्ल, संस्थाकी सल्लाहकार तथा रष्ट्रिय सहकारी महासंघकी महाप्रवन्धक चित्राकुमारी सुब्बालगायतले शुभकामना मन्तब्य राखेका थिए ।
Leave a comment