हाइलाइट

जीतपुर सिमराका ५३ सहकारी सम्पर्क बाहिर, अनुदान लिन मात्रै सक्रिय  

जीतपुर सिमराका ५३ सहकारी सम्पर्क बाहिर, अनुदान लिन मात्रै सक्रिय   :: Sahakari Akhabar

बारा । जीतपुर सिमरा उपमहानगरपालिकाका ५३ वटा सहकारी संस्थाहरु नियामक निकायको सम्पर्क बाहिर भएपनि विभिन्न निकायबाट अनुदान तथा लाभ लिनका लागि भने सक्रिय रहेको पाइएको छ । डिभिजन सहकारी कार्यालयले उपमहानगरपालिकालाई १ सय २९ वटा संस्थाको अभिलेख बुझाएपनि हाल ७६ वटा संस्था मात्र उपमहानगरको रेकर्डमा भेटिएको छ । 

उपमहानगरपालिकाको रेकर्डमा भएका सहकारीमध्ये पनि ३१ वटा झोलामा सिमित रहेको र सम्पर्क बाहिर रहेका ५३ वटामध्ये पनि अधिकांश अनुदान र व्यक्तिगत लाभ लिनका लागि सक्रिय रहेको सहकारीकर्मीहरू नै बताउँछन् ।

उपमहानगरपालिका सहकारी शाखा प्रमुख सुधन चौधरीले सबै सहकारीको अवस्थाबारे जानकारी नभएको बताए । पालिका भित्रै सञ्चालित कतिपय सहकारीले महिनाको एक पटक कार्यालय खोल्ने तथा साधारणसभा कोठामै गरे पनि उपमहानगरमा विवरण नबुझाएको उनले बताए । 

नगरपालिकाको रेकर्डमा भएका सहकारीमध्ये पनि ३१ वटा संस्थाहरु झोलामा सिमित छन् । मलखादको व्यवसाय गर्ने तर कार्यालय नभएका कृषि सहकारीमा मकालु, भुइयाबाबा, जलेश्बरनाथ मकालु, चुरियामाई, बालाजी, कामदेव, नमुना, नवरत्न, पौरख, जय विशाल, बक्रतुण्डसहित ११ वटा छन् । त्यस्तै बचत तथा ऋणतर्फ सीमित स्थानमा कारोबार गरिरहेका महिमा, सिमरा सामुदायिक, क्रमिक, प्राथमिक, सम्बन्ध, समुदाय, चमत्कार, प्रगति, मिलन, अबिरल सहित १० सहकारी छन् । 

निष्क्रिय भनिए पनि गोदाबरी, मित्रता, टेगंरमाई, प्रवेश, सहोद्रामाई, पानीधारा, त्रिशूल, महाप्रभु, गोरेटो कृषि र सेतीदेबी दुग्ध उत्पादक सहकारी सरकारी अनुदान लिन भने सक्रिय रहेका छन् । स्थानीय सरकारकै सिफारिसमा अनुदान, मल, बीउ लिने कतिपय सहकारी जनप्रतिनिधिकै आफन्त, नातागोता र कार्यकर्ताले सञ्चालन गरेको बताइएको छ । 
 
 



Leave a comment