हाइलाइट

हेटौडामा सहकारीको डेरी उद्योग

हेटौडामा सहकारीको डेरी उद्योग :: Sahakari Akhabar

हेटौडा । मकवानपुरको हेटौडामा पौने पाँच करोड रुपैयाँ लगानीमा डेरी उद्योग स्थापना भएको छ । बागमती प्रदेश सरकार, सहकारी बजार विकास कार्यक्रम (सिएमडिपी) को साझेदारीमा जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरले उद्योग स्थापना गरेको हो ।

संघका अध्यक्ष बासुदेव अधिकारीले डेरी उद्योगमा भौतिक पूर्वाधारलगायतको काम सकिएको र छिट्टै सञ्चालनमा ल्याउने बताए । संघले डेरी उद्योगको परीक्षण गरिसकेकाले छिट्टै सञ्चालन गर्ने अधिकारीले जानकारी दिए।

लागत साझेदारी कार्यक्रम अन्र्तरगत उद्योगमा सिएमडिपीको १ करोड ७४ लाख, प्रदेशले ६ लाख र संघको ७१ लाख लगानी भएको छ ।  उक्त रकममध्ये २ करोड ४५ लाख भौतिक पूर्वाधार निर्माणमा खर्च भएको छ । संघले उद्योग स्थापनाका लागि करिब ८१ लाख रुपैंयामा जग्गा किनेको थियो ।

पछिल्लो समयमा बागमती प्रदेशमा पशुपालन गर्ने कृषक बढ्दै गएका छन् । प्रदेश सरकारले दूधको लिटरमा २ रुपैयाँ अनुदान दिन लागेपछि यहाँ कृषकको संख्या पनि बढ्दै गएको छ । प्रदेशले सहकारीमार्फत दूधमा अनुदान दिदैँ आएको छ ।

उद्योगमा एक सिफ्टमा १० हजार लिटर दुधको विभिन्न परिकार बनाउन सक्ने क्षमता रहेको संघका ब्यवस्थापक कुमारमणी दाहालले  जानकारी दिए । उद्योगबाट दही, खुवा, आइसक्रिम, पनिर, घ्यु, नौनी, मोहीलगायत  उत्पादन गर्ने लक्ष्य राखिएको छ । जिल्लाका ६० वटा सहकारी संस्था आवद्ध रहेको संघले दैनिक ४० हजार लिटर दुघ खरिद बिक्रीका लागि सहजिकरण गर्दै आइरहेको छ ।



Leave a comment