हाइलाइट

जनचेतना स्वावलम्बनका अध्यक्ष र कोषाध्यक्ष पक्राउ

जनचेतना स्वावलम्बनका अध्यक्ष र कोषाध्यक्ष पक्राउ :: Sahakari Akhabar

हेटौडा । मकवानपुरको हेटौंडा– २ स्थित जनचेतना स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामकृष्ण अधिकारी र कोषाध्यक्ष राजीव तामाङ पक्राउ परेका छन् । बचतकर्ताको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको हो ।

प्रवक्ता टेकबहादुर कार्कीले पीडितले सहकारीको पासबुक सहित उजुरी दिइएकाले  अनुसन्धान भइरहेको बताए । साउन २४ गते पीडितले बचत फिर्ता नदिएको भन्दै संयुक्त जाहेरी दिएका थिए । थप बचतकर्ताले अध्यक्ष र कोषाध्यक्ष विरुद्ध  ठगी मुद्दामा जाहेरी दिने तयारी गरेको बचतकर्ताहरुले बताएका छन् । 



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000