चितवन । भरतपुर महानगरपालिकाले सहकारीका लागि २ करोड ५० लाख बजेट विनियोजन गरेको छ । सहकारी मार्फत उद्यमशीलतााको बिकास गर्न युवा तथा उद्यमीलाई नवप्रवद्र्धन व्यवसाय सुरु गर्न बजेट विनियोजन गरिएको छ । सहकारीको क्षमता विकास, प्रविधि हस्तान्तरण, वित्तीय पहुँच सहजीकरण, सहकारी शिक्षा र तालिम दिइने उल्लेख छ ।
सहकारी संस्थाको क्षमता अभिववृद्धिलगायतको नीति कार्यान्वयन गर्न २ करोड ५० लाख बजेट विनियोजन गरिएको उपप्रमुख चित्रसेन अधिकारीले बताए । उनले प्रस्तुत गरेको बजेट ५ अर्ब ५१ करोड ७३ लाख ८८ हजारको छ । महानगरले जेठ मसान्तसम्म आन्तरिक आम्दानी ९७ करोड गरेको छ । संघीय सरकार, प्रदेश सरकार, छिमेकी स्थानीय तह, निजी क्षेत्र तथा सहकारीक्षेत्रसँग समन्वय एवं साझेदारी गर्ने उल्लेख छ ।
Leave a comment