दाङ । तुल्सीपुर उपमहानगरपालिकाले मर्जरमा जाने सहकारीलाई अनुदान दिने भएको छ ।साना र समान उद्देश्य भएका मर्जर हुने सहकारीलाई अनुदान दिइने उल्लेख छ । एक घर कम्तीमा एक सहकारी सदस्य कार्यक्रमलाई निरन्तरता दिन आवश्यक बजेट विनियोजन गरिएको हो ।
सहकारी सम्बन्धी आवश्यक कानून तथा नीति निर्माण गरी सहकारी संस्थाहरुको क्षमता अभिबृद्धी कार्यक्रमका व्यवस्थापन सूचना प्रणाली वृद्धि गर्न लागि आवश्यक बजेट व्यवस्था गरिएको बजेटमा उल्लेख छ । संघीय तथा प्रदेश सरकारको समन्वयमा गरिब परिवार पहिचान तथा जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको जनाइएको छ ।
एक घर, एक रोजगारको अभियानलाई निरन्तरता दिइने उल्लेख छ । खाद्य उत्पादन बृद्धि, सुरक्षित भण्डारण गरी शुन्य भोकमरी अभियानका लागि श्रम र खाद्य बैक मार्फत काम गर्नका लागि आवश्यक वजेट विनियोजन गरिएको छ । उपप्रमुख स्यानी चौधरीले १ अर्ब ८६ करोड ४७ लाख ७९ हजारको बजेट ल्याएकी हुन् ।
तुल्सीपुर उपमहानगरपालिकाका सहकारीले कृषि उत्पादनमा उच्च प्राथमिकता दिएका छन् । तरकारी तथा फलफूल, पशुपालन गरी दुग्ध क्षेत्रलगायतका कृषिका विविध क्षेत्रमा काम गर्दै आएका छन् । उपमहानगरले पनि सहकारीमार्फत कृषि उत्पादन गर्न जोड दिएको छ ।
तुल्सीपुरमा १ सय ६५ सहकारी छन् । त्यसमध्ये ९० वटा कृषि सहकारी छन् । त्यस्तै बहुउद्देश्यीय सहकारी १५ वटा छन् । उपभोक्ता सहकारी ७, दूग्ध उत्पादक सहकारी ६, पशुपन्छी २, मत्य सहकारी १, सामाजिक उद्यमी सहकारी ५, माहुरीपालन १ सहकारी छन् ।उपमहानगरका अनुसार ४९ वटा बचत तथा ऋण, ३ वटा विद्युत सहकारी र एउटा सूचना तथा सञ्चार सहकारी छन् ।
Leave a comment