विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक बर्षको बजेटमा सहकारी शाखालाई २५ लाख बजेट विनियोजन गरेको छ ।
उपमेयर शिल्पा निराला कार्कीद्धारा नगरसभामा प्रस्तुत आर्थिक बर्ष २०७९÷८० को ३ अर्व ६२ करोड ५५ लाख ६७ हजार कुल बजेटमा सहकारीको लागि २५ लाख विनियोजन गरिएको हो ।
महानगरको निति तथा कार्यक्रममा सहकारी
विराटनगर महानगरपालिकाले सहकारीलाई विपन्न समुदायसम्म विस्तार गरी महिला तथा सीमान्तकृत वर्गमा समेत सहकारीको पहुँच सुनिश्चित गर्दै कम्तिमा ‘एक घर एक सदस्य’ निति अबलम्बन गरेको छ ।
आर्थिक विकास र गरिबी निवारणका लागि सहकारी क्षेत्रलाई उद्यमशीलता, उत्पादन र रोजगारीसँग आवद्ध गरिने निति तथा कार्यक्रममा उल्लेख छ ।
त्यसैगरी सहकारी संस्थाहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्तमहरु संचालन गरी सहकारी संस्थालाई समुदायमा आधारित र सदस्य केन्द्रित बनाउन पहल गरिने उल्लेख छ ।
सहकारी प्रवद्र्धन र नियमनमा संलग्न सबै निकायहरुसँग कार्यमूलक समन्वय कायम गर्दै सहकारी संस्थाहरुको नियमित र सघन अनुगमन कार्यलाई निरन्तरता दिने उपमेयर कार्कीद्धारा प्रस्तुत निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
निति तथा कार्यक्रमका अनुसार सहकारी संस्थामा स्वनियमनलाई सुदृढ तुल्याउँदै यस क्षेत्रबाट परिचालन हुने बचत तथा ऋणको सुरक्षाको लागि नीतिगत र संस्थागत प्रबन्धलाई मजबुत तुल्याईनेछ ।
सहकारी संस्थाहरुको एकीकरण कार्यलाई विशेष प्राथमिकता दिँदै सबल सहकारी संस्था ः प्रभावकारी सेवा व्यवस्था निति लागु गरिने जनाईएकोछ ।
Leave a comment