सहकारीलाई गुणात्मक बनाउन सहकारी संस्थाहरुको एकिकरण कार्यलाई जोड दिईने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नगरपालिकाबाट सहकारी संस्था र शेयर सदस्यको हितका लागि बनाईएका कानुन कार्यविधिहरुका बारेमा सुसुचित गरिने पनि उल्लेख गरिएको छ ।
विराटनगर । मोरङको उर्लाबारी नगरपालिकाले आगामी बर्ष २०७९ / ०८० निति तथा कार्यक्रममा अर्थतन्त्रको एउटा खम्बाको रुपमा रहेको सहकारहरुको नियमनलाई प्रभावकारी बनाउने निति लिएको छ ।
नगरपालिकाकी उपमेयर मिना कुमारी खतिवडाद्धारा प्रस्तुत निति तथा कार्यक्रममा सहकारी शिक्षा, तालिम र सूचनालाई व्यापक र प्रभावकारी बनाउन नगरपालिकाको सम्वन्धित निकाय तथा सहकारी संघ संस्थाहरुलाई प्रभावकारी ढंगले परिचालन गरिने उल्लेख छ ।
सहकारी संस्थाहरुको क्षमता विकासका लागि नगरपालिकासँगको साझेदारीमा सहकारी अनुशिक्षण तालिमलाई अनिवार्य गर्दै लगिने, सहकारी संस्थाको नियमित रसघन अनुगमन गरी संस्थागत सुशासन कायम गरिने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
प्रस्तुत निति तथा कार्यक्रमका अनुसार आम नागरिकहरुलाई सहकारी सम्वन्धि जनचेतना अभिवृद्धिका लागि सहकारी क्षेत्र, नागरिक समाज, विकास साझेदार, शैक्षिक क्षेत्र, संचार जगतका साथै सम्वद्ध सामाजिक संघसंस्थाहरु परिचालन गरिने, नगर क्षेत्रमा स्वास्थ्य सहकारी प्रणालीको सुदृढिकरणबाट आन्तरिक पुजिँ निमाण गर्ने उल्लेख छ ।
त्यसैगरी सहकारीको लगानीलाई उत्पादनमूलक र रोजगारी श्रृजना, गरिबी न्युनिकरण र सामुदायिक सशक्तिकरण हुने क्षेत्रमा आकर्षित गर्न प्रोत्साहित गरिने, बढ्दो सहकारीको पुजिँलाई उत्पादनमूलक क्षेत्रमा लगानी प्रोत्साहित निति लिईने जनाईएको छ।
सहकारीलाई गुणात्मक बनाउन सहकारी संस्थाहरुको एकिकरण कार्यलाई जोड दिईने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नगरपालिकाबाट सहकारी संस्था र शेयर सदस्यको हितका लागि बनाईएका कानुन कार्यविधिहरुका बारेमा सुसुचित गरिने पनि उल्लेख गरिएको छ ।
कृषि तथा अन्य व्यवसायमा सदस्यहरुको रोजगारी तथा उत्पादन वृद्धि हुने गरी कार्यक्रममा सहकारीहरुलाई प्राविधिक सहयोग गरिने र सहकारी संस्थाहरुको लागत सोझेदारीमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने नीति नगरपालिकाले लिएको छ ।
Leave a comment