दोलखा । जिल्लाको मेलुङ गाँउपालिकामा पशुपति चौलागाईं सहकारी सचेतना कार्यक्रम सम्पन्न भएको छ । सहकारी संघ दोलखा र मेलुङ गाँउपालिका विच भएको सहकारी शिक्षा तथा तालिमको सम्झौता अनुसार मेलुङ गाँउपालिकाको कार्यालयमा पशुपति चौलागाईं स्मृती सहकारी सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम मेलुङ गाँउपालिकाका उपाध्यक्ष गायत्री आचर्याको प्रमुख आथितियामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै उपाध्यक्ष आचार्यले सहकारीलाई गाँउपालिकाले सकेको सहयोग गर्ने बताइन् ।
उनले गाँउपालिकामा नमुना सहकारी बनाउन पहल गर्ने बताइन् । कार्यक्रममा जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्तकुमार चौलागाईको सहजीकरणमा संघका महासचिव कृष्णप्रसाद दहालले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा गाँउपालिकाका २५ वटा सहकारी संस्थाबाट सहभागीता रहेको थियो ।
Leave a comment