बनेपा । उग्रतिर्थ बचत तथा ऋण सहकारी संस्थाको स्थापना दिवसको अवसरमा छात्रवृति प्रदान गरेको छ । संस्थाले १२ औं स्थापना दिवसको अवसरमा बनेपाकै सामुदायीक विद्यालय आजद माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरेको हो ।
संस्थाले हरेक वर्ष गरिव तथा जेहन्दार विद्यार्थीहरुको लागि छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम अन्तर्रगत यो वर्ष उक्त विद्यालयका विद्यार्थीलाई एक कार्यक्रम गरि प्रदान गरेको संस्थाका अध्यक्ष बाबु रिजालले जानकारी दिए । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत बिगत चार वर्षदेखि छात्रवृति प्रदान गर्दै आई रहेको कार्यक्रमलाई यो वर्ष पनि निरंतरता दिएको छ ।
Leave a comment