प्रतिभा सहकारीको २३ औं स्थापना दिवस : थाक्रेका जनप्रतिनिधिलाई सम्मान

प्रतिभा सहकारीको २३ औं स्थापना दिवस : थाक्रेका जनप्रतिनिधिलाई सम्मान :: Sahakari Akhabar

ललितपुर । प्रतिभा बहुउद्देश्यीय सहकारी संस्थाले २३ औं स्थापना दिवसको अवसरमा धादिङ सेवा केन्द्रमा सम्मान कार्यक्रम गरेको छ । स्थापना दिवसको अवसर पारी धादिङ जिल्ला थाक्रे गाउँपालिकाबाट निर्वाचित जनप्रतिनिधिलाई सहकारीले स्वागत तथा सम्मान गरेको हो ।

उक्त गाउँपालिकाका प्रमुख, उपप्रमुख, ११ वटै वडा अध्यक्ष तथा वडा सदस्य एवम् संस्थाका उत्कृष्ट सदस्य र महिला समूहलाई सहकारीले सम्मान तथा सफल कार्यकालको शुभकामना प्रदान गरेको हो । संस्थाले २ वर्षअघि धादिङको हातेमालो बहुउद्देश्यीय सहकारी संस्थासँग मर्ज गरेको थियो ।

धादिङमा संस्थाका १ हजार सदस्य छन् । संस्थाका अध्यक्ष माधव तिमल्सिानाले स्थापना दिवसको अवसरमा असार ५ गते  केन्द्रमा रक्तदान सहित विविध कार्यक्रम हुने बताए ।



Leave a comment