मधेश प्रदेशको बजेट : सहकारीमार्फत सामूहिक खेती 

मधेश प्रदेशको बजेट : सहकारीमार्फत सामूहिक खेती  :: Sahakari Akhabar

जनकपुर । मधेश प्रदेशले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको लागि २ अर्ब ७४ करोड २५ लाख बजेट विनियोजन गरेको छ । 
अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आगामी आर्थिक वर्षका लागि प्रदेशको वार्षिक बजेट प्रस्तुत गर्र्दै कृषिमा आत्मनिर्भर हुने गरी उत्पादन बढाउन कृषिलाई प्राथमिकता दिने घोषणा गरे ।

कृषि प्रणालीलाई आधुनिकीकरण गरी उत्पादन र उत्पादकत्व बढाउन सामूहिक तथा सहकारी कृषि प्रणालीमा जोड दिइने बजेटमा उल्लेख छ । यसैगरी खेतीयोग्य कृषि भूमि, बाँझो जग्गा, नदीबाट उकास भई आएको बगर जग्गामा उपयुक्त कृषि प्रणालीको प्रयोग मार्फत खेती विस्तार गर्ने उल्लेख छ । यसबाट कृषिमा आत्मनिर्भर हुनुका साथै रोजगारीमा समेत सघाउ पुग्ने उल्लेख छ । 

बजेटमा कृषि क्षेत्रको व्यवसायिक, यान्त्रीकरण, आधुनिकरण गर्नका लागि १७ करोड ८४ लाख बजेट विनियोजन गरिएको छ । मधेश प्रदेशमा तुलनात्मक लाभको रुपमा बढी उत्पादन हुने व्यवसायीक महत्वका मसला, तरकारी खेती, पष्ुप खेती, च्याउ लगायतको खेती विस्तार तथा प्रवद्र्धन गर्न बजेट विनियोजन गरिएको जनाएको छ । 



Leave a comment