पोखरा । गण्डकी प्रदेश सरकारले ‘एक सहकारी एक उत्पादन’ कार्यक्रमलाई निरन्तरता दिने भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आर्थिक वर्ष २०७९/८० को लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै एक सहकारी एक उत्पादनको अभियान व्यापक बनाउने जानकारी दिए ।
प्रदेश सरकारले चालु वर्षमा नै एक ‘एक सहकारी एक उत्पादन’ कार्यक्रम संचालन गरेपनि प्रभावकारी हुन सकेको छैन । प्रदेश सरकारले आगामी वष कृषिमा आत्मनिर्भर हुनेगरी कृषि उत्पादन बढाउनका लागि सहकारीलाई प्राथमिकता दिएको छ ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आर्थिक वर्ष २०७९/८० को लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै एक सहकारी एक उत्पादनको अभियान व्यापक बनाउने बताए । सहकारीलाई उत्पादनमूलक क्षेत्रमा लाग्न प्रेरित गर्नेगरी कार्यक्रम सञ्चालन गर्ने समेत नीतिमा उल्लेख गरिएको छ ।
स्थानीय तहसँगको साझेदारी र नेपाल सरकारसँगको समन्वयमा गरिब घरपरिवारको पहिचान र सूचीकृत भइसकेका परिवारलाई प्रदेश सरकार तथा स्थानीय तहको सहकार्यमा विभिन्न छुट तथा सहलुयित प्रदान गर्न अतिरिक्त गरिबी लक्षित विविध कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा छ ।
सार्वजनिक, सहकारी र निजी क्षेत्रमा उपलब्ध स्रोत र साधनको उत्पादनशील क्षेत्रमा परिचालन गरी दिगो एवम् उत्थानशील अर्थतन्त्रको निर्माण गरिने, प्रदेशमा निजी तथा सहकारी क्षेत्रको लगानी वृद्धि गर्न गैरआवासीय नेपाली नागरिकहरुको लगानी प्रवद्र्धन गर्ने वातावरण बनाइने नीति तथा कार्यक्रममा छ ।
बैंक तथा वित्तीय संस्थाको पहुँच नपुगेका नागरिकलाई सहकारी एवम् लघुवित्त संस्थाको विकास र विस्तार गरी वित्तिय समावेशिता सुनिश्चित र ऋणको प्रभावकारी उपयोगका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिने समेत नीति कार्यक्रममा उल्लेख गरिएको छ ।
Leave a comment