सुदूरपश्चिमको नीति तथा कार्यक्रम : उत्पादन र बजारीकरणका लागि सहकारी  

सुदूरपश्चिमको नीति तथा कार्यक्रम : उत्पादन र बजारीकरणका लागि सहकारी   :: Sahakari Akhabar

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले सहकारीमार्फत उत्पादन बढाएर आत्मनिर्भर हुने नीति अगाडी सारेको छ । प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख देवराज जोशीले आर्थिक वर्ष २०७९÷०८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषिको रुपान्तरण गरी आयात प्रतिस्थापन गर्ने, निर्यात प्रवद्र्धन गर्ने र प्रदेशलाई आत्मनिर्भर बनाउन बताए ।

नीतिमा सहकारीमार्फत उत्पादन, बजारीकरण, प्रशोधन, प्याकेजिङका योजना अगाडी बढाउने उल्लेख गरिएको छ । ‘आत्मनिर्भर अर्थतन्त्र हाम्रो चाहना, संमृद्ध प्रदेश हामी सबैको कामना’ मूल नाराका साथ आर्थिक विकास, गरिबी निवारणमा योगदान पु¥याउन उद्यम विकास, रोजगार एवम् स्वरोजगारमूलक कार्यक्रम, औद्योगिक जनशक्ति उत्पादन र क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

नीति तथा कार्यक्रममा सहकारीमार्फत बजार प्रवद्र्धन गरिने विषय पनि उल्लेख छ । ‘मेरो उत्पादन प्रदेशको पहिचान’ नारा अन्र्तगत प्रदेशमा उत्पादित वालीवस्तुको कृषि मूल्य श्रृंखला विकास गर्दै प्रदेश वा जिल्लाको पहिचान दिई ब्रान्डिङ सहित बजारीकरण प्रवद्र्धन गर्न कोसेली घर, सहकारी पसल, कोल्डस्टोर सहितको कृषि हाटबजार, संकलन केन्द्र, प्रशोधन केन्द्र, भण्डारण गृह, दाना उद्योग, ह्याचरी निर्माण कार्यलाई स्थानीय तह, सहकारी र निजी क्षेत्रसँग सहकार्य र साझेदारी गरिने नीतिमा अघि सारिएको छ ।

सरोकारवाला विषयगत मन्त्रालयको समन्वयमा जग्गा चक्लाबन्दी र खेती चक्लाबन्दीका आधारमा व्यवसायिक कृषि सञ्चालन हुने क्षेत्रमा प्राथमिकता दिई सिचाइ सुविधाका साथै अन्य आवश्यक पूर्वाधार उपलब्ध गराउने नीति तथा कार्यक्रममा उल्लेख छ । सिचाइ प्रणालीको निर्माण तथा व्यवस्थापनमा निजी क्षेत्र, सहकारी तथा सामुदायिक संस्थालाई सहभागी गराइने योजना अघि ल्याइएको छ ।



Leave a comment