हाइलाइट

जिल्ला सहकारी संघ काभ्रेले ब्यवस्थापकहरुको दुइदिने गोष्ठी गर्ने

जिल्ला सहकारी संघ काभ्रेले ब्यवस्थापकहरुको दुइदिने गोष्ठी गर्ने :: Sahakari Akhabar

बनेपा । जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकले ब्यवस्थापकहरुको दुइदिने गोष्ठी गर्ने भएको छ । जिल्लामा रहेका सहकारी संस्थाका व्यवस्थापन प्रमुखहरुकोलागि आगामी असार ५ र ६ गते गोष्ठी हुने भएको हो । जिल्लाको अभियानको गुणात्मक विकास तथा विस्तार एवं सहकारी क्षेत्रमा अग्रसर व्यक्तिहरुको मानवीयता तथा क्षमता अभिवृद्धि गर्न संघले गोष्ठी आयोजना गरेको जनाइएको छ ।

कुशल प्रतिस्पर्धी व्यवस्थापन तयार गर्ने, कार्यरत व्यवस्थापकहरुको व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्ने, सहकारी सञ्चालनका नवीनतम् विधि, प्रविधि र अभ्यासका बारेमा अनुभव साटासाट गर्ने, जोखिम पहिचान गरी न्युनीकरणका उपायमा छलफल गर्ने गोष्ठीको मुल उद्देश्य रहेका छन् ।

गोष्ठीले सहकारीहरुबीच आपसी समन्वय र सिकाईको साझा मञ्चको विकास हुनुका साथै व्यवस्थापकीय क्षेत्र मजबुत हुने विश्वास लिइएको छ । सबै स्थानीय तहमा रहेका सहकारी क्षेत्रमा कार्यरत १५० जना व्यवस्थापकहरुलाई गोष्ठीमा सहभागि गराइने संघका अध्यक्ष दिलिप शर्माले जानकारी दिए ।

गोष्ठीको व्यवस्थापनको जिम्मेवारी कोअपरेटिभ म्यानेजर्स क्लब, काभ्रेलाई दिइएको छ । गोष्ठीमा प्रादेशिक सहकारी मन्त्रालय, महासंघ, सहकारी बैंक, नेफ्स्कून र अन्य विज्ञहरुको उपस्थितिमा राष्ट्रिय अर्थतन्त्र निर्माणमा सहकारीको भूमिका, प्रभावकारी ऋण असुली, सहकारीमा मानव संशाधनको नवप्रवर्तन, सकारात्मक सोच एवं सफल व्यवस्थापकका अनुभव साटासाट जस्ता विषय प्रस्तुत हुनेछन् ।



Leave a comment