काठमाडौं । राष्ट्रिय सहकारी महासंघका संचालक रामकृष्ण खाँण तिलोत्तमा नगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । नेपाली कांग्रेसको सिफारीसमा उम्मेदवार बनेका खाँणले २४ हजार ३ सय ९६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार मोहन चापागाईले २३ हजार ६ सय ३१ मत ल्याए ।
नगर प्रमुखमा निर्वाचित भएपछि खाँणले स्थानीय तह निर्वाचनमा मतदान र निर्वाचित हुन सहयोग गर्ने तिलोत्तमा नगरपालिकाका सम्पूर्ण मतदाता प्रति कृतज्ञता प्रकट गरेका छन् । ‘मप्रति बिश्वास गरेर मतदान गर्ने यहाँहरु सबैको बिश्वासलाई कायमै राख्ने प्रतिबद्धता व्यक्त गर्दछु’, उनले फेसबुकमा लेखेका छन्, ।
‘तिलोत्तमा नगरपालिकालाई गतिशिल र समृद्ध बनाउन आगामी दिनमा हर सम्भब प्रयत्नहरु जारी राख्नेछु ।’ खाँड जनप्रतिनिधिमा निर्वाचित हुने सबैभन्दा माथिल्लो नेतृत्वमा रहेका सहकारीकर्मी हुन् । उनी कांग्रेसकै कोटामा महासंघको संचालक बनेका थिए ।
Leave a comment