नुवाकोट । स्थानिय तहको निर्वाचनमा पछिल्लो मत गणनाको परिणाम अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा सहकारीकर्मीले विजय हासिल गर्ने क्रम बढेको छ । पछिल्लो समय नुवाकोट जिल्लाको स्थानिय तहमा चार जना सहकारीकर्मीले विजय हासिल गरेका छन् । जिल्लाको मुख्य पद जित्न सफल सहकारीकर्मीहरु पालिकाको अध्यक्ष तथा उपाध्यक्षको पदमा विजयी भएका छन् ।
जिल्ला सहकारी संघ नुवाकोटका पूर्व संचालक बीरबल तामाङ किस्पाङ गाउँपालिको अध्यक्षमा विजयी भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट उम्मेदवार बनेका उनले ३६३८ मत प्राप्त गरि विजय हाँसिल गरेका हुन् । उनले नेपाली कांग्रेसका छत्रबहादुर लामालाई पराजीत गरेका थिए । प्रतिस्पर्धि लामाले ३४५२ प्राप्त गरेका छन् ।
त्यसैगरी जिल्ला सहकारी सघका संचालक अर्जुनप्रसाद न्यौपाले किस्पाङ गाउँपालिकाकै उपाध्यक्षमा निर्वाचित भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट उम्मेदवार बनेका न्यौपानेले नेपाली काँग्रेसका उम्मेदवार दिलकुमारी मोक्तानलाई पराजीत गरेका हुन् । न्यौपानेले ३७१२ मत ल्याएर विजयी भए भने मोक्तानले ३२६० मत प्राप्त गरेका थिए ।
त्यसैगरी जिल्ला सहकारी सघका पुर्व संचालक गोबिन्दप्रसाद थपलिया शिवपुरी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् । नेपाली काँग्रेसबाट पालिकाको अध्यक्षमा उठेका थपलियाले ४१८२ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) का पदमबहादुर उप्रेतीले ४०७३ मत ल्याएका छन् । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार जितेन्द्र विष्टले ३२६८मत प्राप्त गरेका थिए ।
जिल्ला सहकारी सघका सल्लाहकार सन्तमान तामाङ तादी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् । नेपाली काँग्रेसबाट पालिकाको अध्यक्षमा उठेका तामाङले ३२४१ ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवारले २५१८ मत ल्याएका थिए । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार विजय कुमार खनालले १८३० मत ल्याएका छन् भने नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)का उम्मेदवार कृष्ण प्रसाद लामिछानेले १९४० मत प्राप्त गरेका छन् ।
Leave a comment