भक्तपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का संचालक जनक खत्री चाँगुनारायण नगरपालिकाको वडा ८ को अध्यक्षमा विजयी भएका छन् । नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेदवार बनेका खत्रीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार राजेश खड्कालाई पराजीत गरेका हुन् । खत्री १८३३ मत ल्याएर बिजयी भए ।
नेकपा एमालेका तर्फबाट वडा अध्यक्षका उम्मेदवार बनेका खड्काले १४४५ मत प्राप्त गरेका थिए । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उमेदवार बनेका राम बहादुर खत्रीले १०१९ मत प्राप्त गरेका छन् । जनक खत्री सरसापट बचत तथा ऋण सहकारी संस्था सुडालका निवर्तमान अध्यक्ष समेत हुन् ।
Leave a comment