हाइलाइट

जिल्ला संघका अध्यक्ष खड्का र लिम्बु जनप्रतिनिधिमा चयन 

जिल्ला संघका अध्यक्ष खड्का र लिम्बु जनप्रतिनिधिमा चयन  :: Sahakari Akhabar

काठमाडौं । सहकारीकर्मी अमर खडका र विष्णु दाहाल लिम्वु जनप्रतिनिधिमा निर्वाचित भएका छन् । जिल्ला सहकारी संघ वाजुराका अध्यक्ष रहेका खड्का बडिमालिका नगरपालिकाको मेयरमा र जिल्ला सहकारी संघ इलामका अध्यक्ष विष्णु दाहाल लिम्वु इलाम नगरपालिकाको उपमेयरमा निर्वाचित भएका हुन् ।

खड्का नेपाल कम्युनिष्ट पार्टी एमालेको सिफारीसमा उम्मेदवार बनेका थिए । उनले ४ हजार १९ मत प्राप्त गर्दा निकतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका धनराज लिम्बुले ३ हजार ५५२ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

यसैगरी काग्रेसबाट उम्मद्धार रही इलाम नगरपालिकाको उममेयरमा निर्वाचित भएकी लिम्बुले १३ हजार ५४२ मत प्राप्त गरिन् । उनका प्रतिवन्द्धी एमालेकी सीता देवी रिजालले १० हजार ८८ मत प्राप्त गरेको आयोगले जानकारी दिएको छ ।



Leave a comment