काठमाडौ । स्थानीय तहको निर्वाचनमा उमेदवार बनेका सहकारीकर्मी प्रतिष्प्रर्धामा अघि देखिएका छन् । स्थानीय तहको विभिन्न पदमा उमेदवारी दिएका सहकारीकर्मीहरुले जितको दायरा बढाएका छन् । निर्वाचनको पछिल्लो मतगणनाको क्रममा सहकारी सङ्घसंस्थामा नेतृत्व गरिरहेका सहकारकर्मीले लिड गरिरहेको पाइएको छ ।
निर्वाचन आयोगको प्रारम्भीक नतिजाका आधारमा सहकारीमा पहिचान बनाएका उमेदवारहरु मतगणनामा अग्रस्थानमा देखिएका हुन् । भक्तपुरको सूर्यविनायक नगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सरिता भट्टराई अगाडी छिन् । राष्ट्रिय सहकारी बैङ्ककी सञ्चालक समेत रहेकी भट्टराईले ५ हजार ६ सय ६८ मत ल्याइ लिड गरिरहेकी छिन् । उनका निकटम प्रतिद्धन्द्धी नेकपा एकीकृतका श्यामसुन्दर बस्नेतले ३ हजार ६ सय २३ मत ल्याएका छन् ।
एमालेबाट सुर्खेतको भेरीगंगा नगरपालिकाका मेयर उम्मेदवार बनेका नेफ्स्कूनका सञ्चालक यज्ञराज ढकाल पनि प्रतिष्पर्धामा अघि देखिएका छन् । उनले ४ हजार ५ सय २३ मतका साथ लिड गरिरहेका छन् । उनका निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका रामबहादुर सिंहले ४ हजार ३ सय ७४ मत ल्याएका छन् ।
नेफ्स्कूनको लेखा समितिको पूर्व सदस्य एवम् दाङको सौभाग्य महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष हुमाकुमारी डिसी पनि प्रतिष्पर्धी भन्दा ४ सय ७४ मतले अगाडी छिन् । नेकपा एमालेका तर्फबाट घोराही उपमहानगरपालिकाको उममेयरमा निर्वाचन लडेकी डिसीको १३ हजार ७ सय ७२ मत प्राप्त गरेकी छन् ।
उनका निकटम प्रतिष्पर्धी सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका भुपबहादुर डाँगीले १३ हजार २ सय ९८ मत प्राप्त गरेका छन् । डाँगी २०७४ सालको स्थानीय तहको निर्वाचनमा मेयर उम्मेदवार बने पनि पराजय भोगेका थिए ।
एकता सहकारीका अध्यक्ष भोला अधिकारी मोरङको कानेपोखरी गाउँपालिकाको उपप्रमुखमा अग्रता लिइरहेका छन् । एमालेबाट उम्मेदवार बनेका अधिकारीले ८ हजार ३ सय ८७ मत ल्याएका छन् । उनका प्रतिद्धन्द्धी कांग्रेसका मनकुमारी गुरुङले ६ हजार ५ सय २ मत ल्याएका छन् ।
केही सहकारीका अनुहार अरु भन्दा पछाडी
सहकारी क्षेत्रमा पहिचान बनाइसकेका स्थानीय तहका उम्मेदवारहरु अरु भन्दा पछाडी परेका छन् । पर्यटन सहकारी केन्द्रीय सङ्घका उपाध्यक्ष शिवकुमार कट्टेल आफ्ना प्रतिष्पर्धीभन्दा पछाडी छन् । ललितपुरको महालक्ष्मी नगरपालिकामा सत्ता गठबन्धन(माओवादी–कांग्रेस)का तर्फबाट उम्मेदवार नेकपा माओवादीका कट्टेल प्रतिष्पर्धी भन्दा ६ सय २९ मतेले पछाडी छन् ।
उनले १ हजार ३ सय १ मत ल्याउँदा उनका प्रतिष्पर्धी एमालेका हरिगोविन्द श्रेष्ठले १ हजार ९ सय ३० मत ल्याएका छन् । राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक लक्ष्मीप्रसाद शर्मा बर्दीयाको मधुवन नगरपालिकाको मेयरमा प्रतिष्पपर्धी भन्दा कम मत ल्याएका छन् । माओवादीबाट मेयर उम्मेदवार बनेका शर्माले ६ हजार ९ सय ७१ मत ल्याएका छन् । उनका प्रतिष्पर्धी कांग्रेसका तेजबहादुर भाट ८ हजार १ सय ६४ मत ल्याएर लिड गरिरहेका छन् ।
Leave a comment