हाइलाइट

जिरी - ५ को वडाध्यक्षमा सहकारीकर्मी जिरेल 

जिरी - ५ को वडाध्यक्षमा सहकारीकर्मी जिरेल  :: Sahakari Akhabar

काठमाडौं । दोलखाको जिरीस्थित एकिकृत फ्रेन्डसिप बचत तथा ऋण सहकारी संस्थाका निवर्तमान अध्यक्ष  नर बहादुर जिरेल जिरी नगरपालिका वडा नं ५ को वडाध्यक्षमा निर्वाचित भएका छन् । जिरेलले नेकपा एमालेका ङिमा शाङ्गे शेर्पा र नेकपा एकीकृत समाजवादीका नुर्पा दावा शेर्पालाई पछि पार्दै वडाध्यक्षमा विजयी भएका हुन् ।

जिरेलले ४३९ मत प्राप्त गर्दा ङिमा १६१ र नुर्पाले १३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । जिरेलले सहकारीको नेतृत्व गर्दै स्थानिय आर्थिक, सामाजिक विकासमा खेलेको  भूमिकाबाट लोकप्रिय थिए । 
 



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000