हाइलाइट

सहकारीकर्मी श्रेष्ठ चन्द्रागिरी नगरपालिका वडा नम्बर ४ मा पराजित

सहकारीकर्मी श्रेष्ठ चन्द्रागिरी नगरपालिका वडा नम्बर ४ मा पराजित :: Sahakari Akhabar

काठमाडौं । सहकारीकर्मी लेमन श्रेष्ठ चन्द्रागिरी नगरपालिका वडा नम्बर ४ मा पराजित भएका छन् । नेकपा एमालेका तर्फबाट वडा अध्यक्षका उम्मेदवार बनेका श्रेष्ठ नेपाली कांग्रेका कृष्णप्रसाद खडगीसंग पराजित भएका हुन् । सहकारीकर्मी श्रेष्ठले ७७६ मत प्राप्त गरेका थिए भने नेपाली कांग्रेका खडगीले १४२४ मत ल्याएर बिजयी भएका छन् ।

चन्द्रागिरि नगरपालिकाको नगरका वडा नं १, २, ३ र ४ को मतगणना सकिएको छ । चन्द्रागिरि ४ मा नेपाली काँग्रेसको प्यानल विशाल मतान्तरसहित विजयी भएको छ । कृष्णप्रसाद खड्गीको प्यानलले चन्द्रागिरि ४ मा विरासत जारी राखेको हो । यस वडामा २७३८ मत खसेको थियो भने वडाध्यक्ष पदमा पाँच दलको उम्मेदवारी परेको थियो ।

सहकारीकर्मी श्रेष्ठले वडामा रहेका सहकारी संस्थाहरुलाई व्यवस्थित गर्ने उनको योजना थियो । आधारशीला कार्यक्रम (सहकारीमा जागरण, प्रवद्र्धन, विकास तथा संजालिकरण) संचालन गर्ने, सहकारीसँग समन्वय तथा सहकार्य गरि वडाका कार्य गर्ने उनको योजना रहेको थियो ।

काठमाडौं जिल्ला बचत तथा ऋण संघ (कास्कुन)का सञ्चालक श्रेष्ठले आर्थिक रुपान्तरण सहकारीमार्फत संभव भएको उनी बताउँछन् । रोजगार र कृषि, पर्यटन, खानेपानी, सडकलगायतमा उनले प्राथमिकता दिने योजना अघि सारेका थिए ।
 



Leave a comment